arrow

फाइभजी कनेक्टिभिटीका साथमा आउनेछन् तीन आईफोन

logo
प्रकाशित २०७६ साउन १३ सोमबार
iphone-5g.jpg

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले सन् २०२० मा तीनवटा फाइभजी आईफोन ल्याउने भएको छ । यसअघि एप्पलले सन् २०२१ भन्दा अघि फाइभजी आईफोन नल्याउने समाचार आइरहेको अवस्थामा यस्तो समाचार बाहिरिएको हो ।

कम्पनीले आफ्नो क्वालकोमसँगको विवाद सुल्झाएको छ । बजार विश्लेषकका अनुसार सन् २०२० मा एप्पलले आफ्ना तीनओटा आईफोन फाइभजी कनेक्टिभिटीको साथमा सार्वजनिक गर्नेछ । तर, यसअघि सार्वजनिक भएको एक प्रतिवेदनले भने आगामी वर्ष सार्वजनिक हुने ३ मध्ये आईफोनमा मात्र ५जी कनेक्टिभिटी हुने बताएका थिए ।

एप्पलले आफ्नो मोबाइलको लागि इन्टेलको मोडल बिजनेस खरीद गर्ने तयारी गरिरहेको छ । क्वालकोम र एप्पलको बीचमा मोबाइल चिपसेट निर्माता क्वालकोमबीच लामो समयदेखि पेटेन्टको विषयमा विवाद चल्दै आएको छ । अब क्वालकोमसँगको विवाद सुल्झिएसँगै आईफोनका लागि फाइभजी कनेक्टिभिटीका लागि केही सहयोग पुग्नसक्ने देखिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ