arrow

अधुरो सपना पूरा गर्न चाहन्छिन् सलमानकी आमा, यूलिया वन्तूरलाई पठाइन् महँगो उपहार

विवाहको लागि सलमान तयार

logo
प्रकाशित २०७६ साउन १४ मंगलबार
salman-khan1.jpg

काठमाडौं । सलमान खानले आफ्नो विवाहको विषयमा नयाँ खुलासा गरेका छन् । उनले अहिलेसम्म आफूलाई विवाहको कुनै पनि प्रस्ताव नआएको उल्लेख गरेका छन् । यसैबीच उनको विषयमा एक नयाँ समाचार सार्वजनिक भएको छ । यसले ५० वर्ष पार भएपछि उनी विवाहको लागि तयार भएको देखाएको छ ।

डीएनएमा छापिएको समाचारअनुसार सलमान खानकी आमा सलमा खान आफ्ना छोरालाई विवाहित देख्न चाह्निछन् । लामो समयदेखि सलमान खान रोमानियन ब्युटी यूलिया वन्तुरसँग डेट गरिरहेको समाचार पनि आइरहेको छ । यस्तोमा यूलियाको जन्मदिनमा सलमानले उनलाई महँगो उपहार दिएका छन् ।

यूलियाले भर्खरै आफ्नो ३९ औं जन्मदिन मनाएकी छिन् । यो अवसरमा सलमानले उनलाई हीराको औंठी उपहार दिएका छन् । आमाले भनेअनुसार सलमानले उक्त उपहार दिएका हुन् । यस्तोमा आगामी दिनमा सलमानले यूलियासँगको सबन्ध अघि बढाउन सक्ने अनुमान गरिएको छ ।

यूलियाले सलमानको फिल्ममा गीत पनि गाइसकेकी छिन् । यूलियाको डेब्यु फिल्म पनि आउने तयारीमा छ । साथै सलमान खान पनि ‘दबंग ३’ फिल्ममा देखिनेछन् । यो फिल्मलाई प्रभुदेवाले निर्देशन गरिरहेका छन् । फिल्ममा सोनाक्षी सिन्हा मुख्य भूमिकामा देखिनेछिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ