arrow

लायन्स क्लवले बाँड्यो ७ सय ५० परिवार बाढीपीडितलाई राहत

logo
गोपाल पोखरेल।
प्रकाशित २०७६ साउन १४ मंगलबार
rahat-lions-udayapur.jpg

उदयपुर। लायन्स क्लव इन्टरनेशलले उदयपुर, सप्तरी, सिरहा र रौतहटका ७ सय ५० घर बाढीपीडितलाई राहत बितरण गरेको छ ।

लायन्स क्लव इन्टरनेशनलको डिस्ट्रिक ३२५ को ए टु शाखाले प्रतिपरिवार १५ केजी चामल, २ केजी दाल, २ केजी चना, १ लिटर तेल, १ केजी नुन, १ केजी चिनी दैनिक उपभोग्य सामग्री र तन्ना, बाल्टी र मग दैनिक प्रयोगको सामग्री बितरण गरेको हो ।

“ प्रतिपरिवार १ हजार ४ सय ५० रुपैयाँ बराबरको राहत बितरण गरेका छौ” क्लवको डिस्ट्रिक ३२५ को ए टु शाखाकी गभर्नर शोभा जोशीले भनिन्,“ रौतहटको माधव नारायण नगरपालिका, ओखलढुंगा र रामेछापमा थप सामग्री पठाउने तयारी गरेका छौं ।” लायन्स क्लव केन्द्रीय कार्यालयबाट प्राप्त भएको २० हजार डलर र आफ्ना सदस्यबाट संकलन गरिएको रकमबाट राहत वितरण गरिएको उनले बताइन् ।

उदयपुरको बेलका नगरपालिका १ तपेश्वरीमा क्लवले १ सय बाढीपीडितलाई राहत बितरण गरेको छ । यसबाहेक सिरहाका १ सय ५०, सप्तरीका ३ सय ५० परिवारलाई राहत वितरण गरिएको लायन्स क्लव इन्टरनेशनल नेपाल शाखाको डिस्ट्रिक ३२५ ए टु का सल्लाहकार तथा पूर्व तर्फका इन्चार्ज शिवकुमार कटुवालले बताए ।

“ वाँकी राहत रौतहटमा वितरण गरेका छौं” कटुवालले भने, “ यतिले नपुगेर रौतहटमा थप राहत लैजाने तयारी गरिएको छ ।” गएको बाढीपहिरोले प्रदेश नं १, २ र ३ मा बढी क्षति गरेकोले क्लवले सोही अनुसार राहत वितरण गरेको उनले बताए ।

ए टु शाखाका पूर्व गभर्नर मधुकर उपाध्यायका अनुसार लायन्स क्लवको नेपालका ४ ओटा डिस्ट्रिकमा ३२ हजार सदस्य छन् । अमेरिकाको सिकागो शहरमा केन्द्रीय कार्यालय रहेको क्लवका शाखा २ सय १६ ओटा मुलुकमा छन् भने विश्वभर १४ लाख ५० हजार सदस्य छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ