arrow

सागमा भारोत्तोलनतर्फ पदक जित्ने खेलाडी सम्मानित

logo
प्रकाशित २०७२ चैत १५ सोमबार
samman-bharattolan.jpg.jpeg
काठमाडौं । नेपाल भारोत्तोलन संघले भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडीलाई सोमबार सम्मान गरेको छ । भारोत्तोलनमा नेपालले १ रजत र ३ कांस्यसहित ४ पदक जितेको थियो ।
 
पुरुषको ६२ केजीमा विकास थापाले रजत जितेका थिए । महिलाको ५३ केजीमा देवीकुमारी चौधरी, ७५ केजीमाथि तारादेवी पुन तथा ६३ केजीमा जुनमाया छन्त्यालले कांस्य हात पारेका थिए । 
 
देवीले जितेको पदक १२औं सागमा नेपालले जितेको पहिलो पदक हो । रजत विजेतालाई १० हजार तथा कांस्य विजेतालाई समान ८ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो । पदक विजेता सबैलाई भारोत्तोलन संघका सदस्य एवं पूर्व भारोत्तोलन खेलाडी रुकेश तण्डुकारले प्रोत्साहन स्वरुप ट्रयाकसुट प्रदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ