arrow

भण्डाराबाट निक्लियो ५ करोड ७० लाख रुपैयाँ, आधा रातसम्म गनियो पैसा

logo
प्रकाशित २०७६ साउन १६ बिहिबार
monybhndara_19451688.jpg

काठमाडौं । भारतको चर्चित कृष्णधाम सांवलियाजीको हलियाली औंशीको मेला चतुर्दशीमा भण्डार खुलेसँगै शुरु भएको छ । प्रभु श्री सांवरियाको सेठबाट भण्डार गणनाको रकम करीब ५ करोड ७० लाख नेपाली रुपैयाँबराबर पाइएको थियो ।

त्यस्तै भेट कक्षमा झण्डै ४० लाख नेपाली रुपैयाँबराबरको रकम पाइएको थियो । त्यसका साथै १ ग्राम ४०० मिलिग्राम सुन, ३ किलो ४८६ ग्राम ४०० मिलिग्राम चाँदी भेटिएको थियो । अझै पनि बाँकी भण्डारको गणना बाँकी छ ।

चतुर्दशीको अवसरमा भण्डार खोल्नुअघि मन्दिरका पुजारीले विशेष पूजा अर्चना गरेका थिए । आरतीपछि मन्दिरका सीईओ, अध्यक्ष, अन्य केही सदस्यहरुसहितको टोलीले मन्दिरको भण्डार खोलेका थिए । मध्यरातसम्म पनि त्यसको गणना चलेको थियो ।

मन्दिरमा मेला शुरु भएसँगै बुधवारबाट शुरु भएको हो । यो मन्दिरमा मानिसको भीड बढ्ने सम्भावनासँगै सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । यो मेलामा सुरक्षाको लागि २ सयभन्दा बढी निजी सुरक्षाकर्मी तथा झण्डै एक सय अन्य स्वयंसेवक रहनेछन् । यो मेलामा उल्लेख्य संख्यामा मानिसहरु आउने गर्छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ