arrow

एक घण्टाका लागिमात्र जन्मिएको दुई टाउको भएको शिशु 

logo
प्रकाशित २०७६ साउन १६ बिहिबार

धनुषा । जनकपुरको रामानन्द चोकस्थित मिहिलाल इन्टरनेशनल अस्पतालमा बिहीबार दुई टाउको, चार आँखा र चार कान भएको अनौठो शिशुको जन्म भएको छ । 

चिकित्सक रुवी सिंहको टोलीले शल्यक्रिया गरी शिशुलाई पेटबाट निकालेको थियो । अस्पताल प्रशासनका अनुसार सिरहाको कर्जनाहा नगरपालिकाको बल्टिया घर भएका शनिकुमार बैधकी २५ वर्षीया श्रीमती सविता बैधले उक्त अनौठो बच्चा जन्माएकी हुन् । 

उक्त शिशु जन्मेको एक घण्टापछि मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । साथै शिशुको आमाको अवस्था भने सामान्य रहेको अस्पताल प्रशासनका रामबाबु यादवले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ