arrow

न्याय हेल्थ नेपाल अछामको स्वास्थ्य सेवा निर्देशकमा डा गौचन नियुक्त 

logo
पूर्णबहादुर खड्का, 
प्रकाशित २०७६ साउन १६ बिहिबार
bikash-gauchan.jpg

अछाम । न्याय हेल्थ नेपालको स्वास्थ्य सेवा निर्देशकमा डा विकास गौचन चयन नियुक्त भएका छन् । संस्थाले यसअघि बयालपाटा अस्पतालको मेडिकल निर्देशकमा कार्यरत डा गौचनलाई समग्र अछाम जिल्ला अन्तर्गत संचालित अस्पताल तथा अन्य सबै कार्यक्रमको नेतृत्व गर्ने गरी जिम्मेवारी दिएको छ । 

न्याय हेल्थ नेपालले अछाममा बयालपाटा अस्पताल, चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्रका साथै सामुदायिक स्वास्थ्य कार्यक्रम पनि संचालन गर्दै आईरहेको छ। जिल्लाका २ नगरपालिका साँफेबगर र कमलबजार तथा ३ गाँउपालिका चौरपाटी, मेल्लेख र बान्नीगढी जयगढका सामुदायिक स्वास्थ्य कार्यक्रम संचाल गर्दै आईरहेको उक्त कार्यक्रमको नेतृत्वसमेत अब डा गौचनले गर्ने भएका हुन् ।  

बिगत ५ बर्षदेखि मेडिकल निर्देशकको रुपमा कार्यरत डा गौचनको कार्यकुशलताको मुल्यांकन गर्दै संस्थाले यसै आर्थिक बर्षबाट लागु हुने गरि यस क्षेत्रको नेतृत्वको जिम्मेवारी दिएको हो । 

निर्देशकमा नियुक्त भएपछि डा गौचनले संस्थालाई दिर्घकालिन रुपमा संचालन गर्न र गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । 

मुस्ताङ जिल्ला थासांग गाउँपालिका वडा नंं ३ घरभएका डा गौचनले बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस एवं जनरल प्राक्टिस तथा ईमरजेन्सी मेडिसिनको शिक्षा पूरा गरेका छन्। 

क्यालिफोर्निया विश्वबिद्यालयबाट ग्लोबल हेल्थमा फेलोसिप पनि लिएका उनले हाल लिभरपुल बिश्वबिद्यालय यूकेमा जनस्वास्थ्यमा बिषयमा समेत स्नातकोत्तर गरिरहेका छन् ।
   
यसैबीच बिहीबार बयालपाटा अस्पतालमा बिगत ११ बर्षदेखि जनरल एडमा कार्यरत कंश लुहारको एक कार्यक्रमकाबीच बिदाई गरिएको छ। अस्पतालमा कार्यरत हुँदा कंश लुहारले प्रशंसनीय काम गरेको भन्दै दोसल्ला, सम्मान पत्र, माला र अविरले सम्मान गर्दै बिदाई गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ