arrow

कपिलबस्तुमा गोली चल्यो, फोरम नेता यादव घाइते 

logo
प्रकाशित २०७६ साउन १६ बिहिबार
goli-news.JPG

कपिलवस्तु । शुद्धोधन गाउँपालिका वडा नं. ६ टिटिहिरिया पश्चिम हुलाकी सडकमा गोली प्रहारबाट संघीय समाजवादी फोरमका गाउँपालिका समितिका अध्यक्ष रामनयन यादव घाइते भएका छन् ।

शुद्धोधन गाउँपालिका वडा नं. ४ निवासी रामनयन यादवलाई गोली प्रहार  गरी घाईते बनाईएको हो । घाईते यादव घरदेखि तौलिहवा आउने क्रममा पछाडिबाट गोली प्रहार गरिएको थियो । 

गोली हान्नेमा शुद्धोधन गाउँपालिका  वडा नं ५ शिवलवा बस्ने लाला भन्ने हुमनाथ चौधरी, सोही गाउँपालिका वडा नं. ४ बिठुवा बस्ने अनिल चौधरी र सोही गाउँपालिका वडा नं. ५ दोहनी बस्ने लौकुस चौधरी रहेको घाईते यादवले बताएका छन् । उनको जिल्ला अस्पताला तौलिहवामा उपचार भईरहेको छ । 

६ जनाको समुहमा अएका उनीहरुले पछाडिबाट गोली हानेर फरार भएका हुन् । घाईते यादव संघीय समाजवादी फोरम नेपाल शुद्धोधन गाउँपालिकाको स्थानीय तहको अध्यक्ष पदका उम्मेदवार थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।  

यस क्षेत्रमा नियमित यसता घटना हुदं आइरहेका छन् । केही महिना अघि गाउँपालिकाकौ अध्यक्ष पदका उमेद्धार राजा बाबु भन्ने लाला चौधरीको समेत शुद्धोधन गाउंपालिका ४ मा गोली प्रहार बाट हत्या भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ