arrow

सुरु भयो गुँला 

logo
प्रकाशित २०७६ साउन १७ शुक्रबार
gula_festibal.jpg

काठमाडौं । गुँला पर्व सुरु भएको छ । बौद्धमार्गी नेवार समुदायले एक महिनासम्म मनाउने गुँला पर्व शुक्रबारदेखि सुरु भएको हो ।

नेपाल संवत् तिथिअनुसार नेवार समुदायले एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्धविहार परिक्रमा गरी नामसंगीति पाठ गर्छन् । 

प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा परिक्रमा गर्दा पापबाट मुक्ति पाउने विश्वासअनुसार एक महिनाभर पर्व मनाउने गरिन्छ ।

नेवार समुदायमा अन्य बेला पूजापाठ गर्दा चल्ने मासु, अण्डा लगायतको प्रयोग यो गुँला पर्वमा चल्दैन । एक माछा मासु, अण्डा, लसुन, प्याज लगायतका खाद्यवस्तुबाट टाढा बसी दैनिक नुहाएर शुद्ध हुनुपर्ने चलन छ ।

विशेष गरी काठमाडौं उपत्यकाका बौद्धमार्गी नेवार समुदायले मनाउने यस गुँलाका क्रममा काठमाडौंको असनमा बहिद्यः प्रदर्शन गरिने, थँहितीमा अवस्थित स्वर्णाक्षर अवलोकन, ललितपुरमा मत्याःजात्रामा पूजाआजा गर्ने गरिन्छ । 

त्यसैगरी नेवार बस्तीमा पञ्चदान पर्वलगायत दैनिक बज्रयानी बुद्धधर्म अनुसारको पूजाविधि पनि गर्ने चलन रहेको छ । 

गुँलालाई नेवार समुदायले शुद्धपर्वको रुपमा पनि लिने गर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ