arrow

गुगलको सीईओ पदको लागि निकालियो विज्ञापन, लिंक्डइनले तोड्यो १० लाख मानिसको आशा

logo
प्रकाशित २०७६ साउन १७ शुक्रबार
google_china.jpg

काठमाडौं । गुगलमा काम गर्नु जो कोहीको सपना हुन्छ । यस्तोमा यदि कम्पनीको सीईओको लागि विज्ञापन आए जोसुकै मानिस पनि खुसी तथा आश्चर्यचकित हुनु स्वाभाविक हो ।

यस्तोमा विश्वकर रोजगारी खोज्नका लागि बनेको वेबसाइट लिंक्डइनमा एक सूचना प्रकाशित गरिएको थियो । यसमा गुगलको सीईओका लागि पनि आवेदन मागिएको उल्लेख थियो । विश्वभरका १० लाखभन्दा बढी मानिसले यसका लागि आवेदन दिएका थिए । तर, पछि यो पोस्ट नक्कली भएको खुलेको थियो । अहिले गुगलका सीईओ सुन्दर पिचाइ छन् । सुन्दर अहिले आफ्नो पद छाड्ने मनसायमा पनि छैनन् । यस्तोमा गुगलको सीईओको लागि कसरी गरियो त रोजगारीको विज्ञापन ?

व्यावसायिक नेटवर्किङ साइट लिंक्डइनमा विश्वका २०० मुलुकका करीब ६३ करोड दर्ता भएका सदस्य छन् । यो कमजोरी नेदरल्याण्डका मिशेल रिजेन्डर्सले पत्ता लगाएका थिए । साथै यो सूचना लिंक्डइनको कम्पनी माइक्रोसफ्टलाई दिइएको थियो । यो सूचनाको आधारमा कम्पनीले गरेको जाँचमा एक सुरक्षा कमजोरीको कारण यो पोस्ट भएको खुलेको थियो ।

लिंक्डइनले कम्पनीको प्लेटफर्ममा देखिएको समस्या समाधान गरिएको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ