arrow

आगामी महीना आईफोन ११ सार्वजनिक गर्दै एप्पल, यस्ता छन् विशेषता

logo
एजेन्सी
प्रकाशित २०७६ साउन १८ शनिबार

काठमाडौं । एप्पलले आफ्नो नयाँ आईफोन सेप्टेम्बर महीनामा सार्वजनिक गर्ने भएको छ । एप्पलले आईफोन ११ का साथै नयाँ आईप्याड र नयाँ म्याकबुक सार्वजनिक गर्न लागेको हो । नयाँ आईप्याडमा १०.२ इन्चको डिस्प्ले स्क्रिन र म्याकबुकमा १६ इन्चको स्क्रिनको प्रयोग गरिनेछ । 

एप्पलका निकट विश्लेषकका अनुसार नयाँ आईफोन ११ मा एप्पल पेन्सिलको सपोर्ट पनि मिल्नेछ । यदि यसो भएको खण्डमा यो पेन्सिल सपोर्ट गर्ने पहिलो आईफोन हुनेछ । यसको सहयोगमा प्रयोगकर्ताले धेरै कामहरु सहजै गर्न सक्छन् । 

समाचारमा बताइएअनुसार यसपटक आईफोनको टप वारियन्टमा १० मेगापिक्सलको सेल्फी क्यामेरा र १४ मेगापिक्सलको रेयर क्यामेरा पनि मिल्नसक्छ । 

एप्पलले यसअघि डब्ल्यूडब्ल्यूडीसी २०१९ कार्यक्रममा आफ्ना नयाँ आईप्याड सार्वजनिक गरेको थियो । यसलाई कम्पनीले आईओएस१३ मा सार्वजनिक गर्नसक्ने बताइएको छ । कम्पनीले आईओएस१३ मा केही विशेष फिचर्स पनि दिएको छ ।

 यसमा पहिलोपटक डार्क मोड सामेल गरिएको छ । यसमा होम स्क्रिन रिडिजाइन गरिएको छ । जसबाट प्रयोगकर्तालाई नयाँ इन्टरफेस मिल्नेछ । साथै एक पेजमा धेरै एप्स देखिनेछन् । यसमा स्प्लिट व्यूका लागि नयाँ अपडेट पनि मिल्नेछ । जसबाट मानिसहरु एकसाथ धेरै फाइल र डकुमेन्ट्समा काम गर्न सक्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ