arrow

गोविन्दामा मानसिक समस्या

कहिले अवतारको प्रस्ताव, कहिले देवदासका गफ

logo
प्रकाशित २०७६ साउन १९ आइतबार
govinda.jpg

काठमाडौं । ९० को दशकको नम्बर भारतीय अभिनेता गोविन्दा मानसिक समस्यामा परेको समाचार सार्वजनिक भएको छ । गोविन्दाका नजिकका साथीले गोविन्दा पछिल्लो केही समययता अजीव अजीव गतिविधि गरिरहेका छन् ।

केही दिनअघि पनि उनले एक अन्तर्वार्ताको क्रममा आफूलाई हलिउड फिल्म अवतारमा खेल्ने प्रस्ताव आएको तर, अस्वीकार गरेको बताएका थिए । साथै उनले सञ्जय भंसालीको फिल्म देवदासमा उनलाई चुन्नीको भूमिकाको लागि प्रस्ताव आएको बताएका थिए ।

गोविन्दाका साथीका अनुसार धेरै वितरक र प्रदर्शकले उनको पछिल्लो फिल्म रंगीला राजालाई दिन अस्वीकार गरेका थिए । गोविन्दाले उनीहरुसँग लडाइँ तथा गाली गरेका थिए । उनले आफ्ना सबै साथीसँगको सम्बन्ध अन्त्य गरेका छन् । अहिले फिल्म उद्योगमा गोविन्दाको कुनै साथी सहयोगको लागि नरहेको उनका निकट मित्रले बताएका हुन् ।

टीभी कार्यक्रम ‘आप की अदालत’मा पुगेका गोविन्दाले फिल्मको नाम अवतार राख्न निर्देशक जेम्स क्यामरुनलाई आफूले सुझाव दिएको बताएका थिए । उनले आफू शरीरमा रङ लगाउन नचाहेको कारण उक्त फिल्म खेल्न अस्वीकार गरेको बताएका थिए ।

यसअघि गोविन्दाले चलचित्र 'मनि हे तो हनी हे' को सुटिङको क्रममा १६ जनवरी २००८ मा एक व्याक्तिलाई थप्पड हानेका थिए । र ९ बर्ष पछि माफी माग्दै ५ लाख तिरेका थिए । सन्तोष राय नाम गरेका व्याक्तिले सोको लागि गोविन्दाले  सर्वोच्च अदालतमा माफीनामा दाखिल गरेका थिए। जसलाई अदालतले मन्जुरि दिएको थियो ।

सर्वोच्च अदालतले गोविन्दाले सन्तोषसँग माफी माग्नुका साथै उनलाई  ५ लाख रुपैया जरीवाना गराएको थियो ।

अदालतले गोविन्दासँग प्रश्न गरेको थियो, 'तपाई हिरो भएर अरुलाई थप्पड किन हिर्काउनु हुन्छ? अदालतले वहसका क्रममा गोविन्दालाई रिल लाइफ र रियल लाइफको अन्तर छुट्याउन आग्रह गरेको थियो। ‘



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ