कांग्रेस प्रवक्ता शर्माले पोर्चुगलका कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्ने
भरत प्रधान,
प्रकाशित २०७६ साउन १९ आइतबार
507
Shares
लिस्बन। नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मा युरोपेली मुलुक पोर्चुगल आउने भएका छन्। यही अगष्त १२ तारिखका दिन राजधानी लिस्बनमा हुने नेपाली जनसम्पर्क समिति पोर्चुगलको १० औं बार्षिक साधारण सभालाई सम्बोधन गर्न प्रबक्ता शर्मा पोर्चुगल आउने भएका हुन।
प्रवक्ता शर्मा सहित नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही समेत साधारण सभालाई सम्बोधन गर्न पोर्चुगल आउने कार्यक्रम तय भएको समितिका सभापति बिनोद घिमिरेले जानकारी दिए।
समितिको साधारणसभा संगै यहां रहेका कांग्रेस कार्यकर्ताका लागि प्रशिक्षण समेत आयोजना गरिएको घिमिरेले बताए। प्रवक्ता शर्माले अगष्त १३ तारिखका दिन प्रशिक्षण दिने कार्यक्रम रहेको समितिले जनाएको छ।
नेता शर्माले पार्टीको बर्तमान अवस्था, पार्टीको आगामी नीति तथा भूमिका र नेपालको समृद्धीमा प्रवासी नेपालीको भूमिका लगायतका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको घिमिरेले बताए।