arrow

अहिलेसम्मकै छोटो जेलसजाय, यी युवालाई सुनाइयो ५० मिनेटको कैद

logo
प्रकाशित २०७६ साउन १९ आइतबार
shane_jenkins.jpg

काठमाडौं । बेलायतको एक अदालतले एक व्यक्तिलाई ५० मिनेटको जेल सजाय सुनाएको छ । यो सम्भवतः विश्वको सबैभन्दा कम समयको जेल सजाय हो । अदालतले सोमरसेट बस्ने २३ वर्षीय शेन जेनकिंसलाई उक्त सजाय सुनाएको हो । यतिमात्र होइन । जति समय उनी जेलमा बसे त्यतिबेला उनी क्षमायाचनाको पत्र लेखिरहेका थिए । यो पनि सजायको एक हिस्सा थियो ।

जेनकिंसले गत मे ३० मा आफ्नी पूर्व पार्टनरसँग विवाहको क्रममा उनको झ्यालको सिसा फुटाइदिएका थिए । सूचना पाएसँगै प्रहरीले जेनकिंसलाई हिरासतमा लिएको थियो । तर, उनी २ प्रहरीलाई घाइते बनाउँदै भागेका थिए । यो सजाय सोही अपराधको लागि सुनाइएको हो । जेनकिंसले अदालतमा आफ्नो अपराध स्वीकार गर्दै आफूले त्यतिबेला धेरै मदिरा सेवन गरेको बताएका छन् । यसका लागि उनले लागू औषध पनि सेवन गरेका थिए ।

अदालतले ५० मिनेटको जेल सजाय सुनाएसँगै उनलाई जेलमा एक कलम र कापी दिइएको थियो । सो समयमा उनले आफ्नी पूर्व पार्टनर र दुई प्रहरीलाई क्षमायाचना गर्नुपर्ने सजाय सुनाइएको थियो । पछि उक्त पत्रलाई अदालतमा पनि पढ्नुपर्ने थियो ।

पछि उनले उक्त पत्र अदालतमा पढेर सुनाएका थिए । त्यसपछि उनलाई ४ महीनाको जेल सजाय सुनाइएको थियो । तर, यो सजाय २ वर्षसम्म स्थगित गरिएको थियो । यसका साथै उनलाई ८० घण्टासम्म विना तलब काम गर्ने सजाय  सुनाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ