arrow

नासाले खोज्यो ‘सुपर अर्थ’, पृथ्वीभन्दा ठूलो यो ग्रहमा बढ्यो जीवनको आशा

logo
प्रकाशित २०७६ साउन १९ आइतबार
super-earth.jpg

काठमाडौं । वैज्ञानिकले जीवनको सम्भावना हुनसक्ने विशेषता भएको पहिलो ग्रह खोजेका छन् । यो ग्रह सौर्य मण्डलभन्दा बाहिर भेटिएको छ । यो हाम्रो पृथ्वीभन्दा ३१ प्रकाशवर्ष टाढा छ । यो ‘सुपर–अर्थ’ ग्रहलाई जीजे ३५७–डी नाम दिइएको छ । यो ग्रहको खोजी नासाको स्याटेलाइटबाट गरिएको हो । नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्वे स्याटेलाइटको माध्यमबाट यस वर्षको शुरुमा यो ग्रह खोजिएको हो ।

जीवनबारे नयाँ आशा
अमेरिकाको कर्नेल युनिभर्सिटीका असिस्टेन्ट प्रोफेसर तथा टीईएसएस विज्ञान टिमकी सदस्य लिजा कलटेनेगरले पहिलो सुपर अर्थ भेटिनु उत्साहजनक रहेको र जीवनमा जीवनको सम्भावना पनि रहेको बताइन् ।

यो आकारमा पृथ्वीभन्दा ठूलो छ । यहाँ घना वातावरण देखिएको छ । जीजे ३५७–डी मा यदि जीवनको कुनै संकेत मिलेको खण्डमा जो कोहीलाई पनि यो ग्रहमा पुग्ने चाहना हुन्छ ।
पानी तरल अवस्थामा हुनसक्छ

नयाँ ग्रहको खोजसँग सम्बन्धित यो अध्ययन एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित भएको छ । वैज्ञानिक लिजा कलटेनेगरले जीजे ३५७–डीको सतहमा हाम्रो धर्तीमा जस्तै पानी तरल रुपमा हुनसक्छ । धर्तीबाट टेलिस्कोपको सहयोगमा यहाँ जीवनको संकेतको पहिचान गर्न सकिन्छ । यसबारेमा जानकारी छिटै नै अनलाइनबाट दिइने बताइएको छ । ट्रान्जिटिङ एक्सोप्लानेट सर्वे स्याटेलाइट (टीईएसएस) एक अन्तरिक्ष टेलिस्कोप हो । यसलाई नासाले खोजीको लागि सन् २०१८ अप्रिल १८ मा प्रक्षेपण गरेको थियो । यो स्याटेलाइटले दुई वर्षसम्म काम गर्न सक्छ ।

फेला परे तीन ग्रह
एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स नामक जर्नलमा स्पेनको इन्स्टीच्युट अफ एक्ट्रोफिजिक्स अफ द केनरी आइल्याण्ड तथा युनिभर्सिटी अफ ला लागुनाका खगोलविद्ले जीजे३५७ प्रणालीको पत्ता लगाएको बताएका छन् । यसमा कुल तीन ग्रह रहेको र यसमध्ये जीजे ३५७–डी बसोवासका लागि उपयुक्त रहेको पाइएको हो ।

पृथ्वीभन्दा २२ प्रतिशत ठूलो
गत फेब्रुअरीमा टीईएस स्याटेलाइटले जीजे ३५७ प्रत्येक ३.९ दिनमा हल्का मन्द हुँदै गएको थियो । वैज्ञानिकका अनुसार यो ग्रहको वरिपरी कुनै ग्रहले चक्कर लगाइरहेको छ भन्ने कुराको यो प्रमाण हो । नासाका गोडार्ड स्पेस फ्लाइट सेन्टरका अनुसार यो ग्रह जीजे ३५७ बी हो । यो पृथ्वीभन्दा करीब २२ प्रतिशत ठूलो छ ।

यसका साथै वैज्ञानिकले एक नयाँ अध्ययनमा पृथ्वीको आकार भएका बरफ जमेका ग्रहको केही क्षेत्र पनि बसोवासका लागि उपयुक्त हुन सक्छ । वैज्ञानिकहरुले भने यस्ता ग्रहमा अहिले महासागर नै जमेको अवस्थामा रहेको र अत्यधिक चिसोको कारण मानव जीवन सम्भव नहुने उनीहरुको भनाइ छ । नयाँ अध्ययनले भने पुरानो सोचलाई चुनौती दिएको छ । जियोफिजिकल रिसर्च जर्नलमा प्रकाशित भएको नयाँ अध्ययनका अनुसार बरफले ढाकिएका ग्रहको भूमध्ये रेखाका क्षेत्रमा पनि बस्न सकिने किसिमको तापमान हुन सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ