arrow

संसद खुलाउन सर्वदलीय बैठक, खुल्ला त संसद ? 

logo
प्रकाशित २०७६ साउन २० सोमबार
sanghiya-samsad.png

काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा छलफल गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । संसद भवन बानेश्वरको शंकर हलमा सर्वदलीय बैठक बसिरहेको हो । 

सर्वदलीय बैठकमा सहमति जुटाएर संसदको अवरोध हटाउनका लागि प्रयास हुनेछ । सर्वदलीय बैठककै कारण बिहान ११ बजेका लागि डाकिएको संसद बैठक १२ बजेका लागि सारिएको बताइएको छ । 

तर सहमति जुट्ने सम्भावना कम देखिएको छ । प्रतिपक्षी दलहरु नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले सहमति नभएसम्म संसदको अवरोध जारी रहने जनाएको छ । 

सर्लाही घटनाको विषयमा संसदीय छानबिन समिति गठन र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसदमा अवरोध जारी रहने चेतावनी उनीहरुले दिएका छन् ।

साउन १६ गते बैठक बस्न नसकेपछि सहमति गरेर २० गते बस्नेगरी सुचना टाँसेर संसद बैठक स्थगित गरिएको थियो । 

सभामुख कृष्णबहादुर महराले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई तीन पटकसम्म निर्देशन दिए पनि सरकार तयार देखिएको छैन । 

संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छु भनेर बोलिसकेपनि त्यो पूरा गरेका छैनन् । छ महिना भइसक्यो अहिलेसम्म प्रतिवेदन सार्वजनिक भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ