arrow

विप्लव समूहका रामेछाप इन्चार्ज ढुंगेलसहित थुप्रै पक्राउ

logo
प्रकाशित २०७६ साउन २१ मंगलबार
biplab-maobadi.jpeg

बनेपा । प्रहरीले नेत्रविक्रम चन्द समूहको रामेछाप इन्चार्ज यादव ढुङ्गेललाई काभ्रेपलाञ्चोकको धुलिखेलबाट पक्राउ गरेको छ ।

प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार ढुङ्गेललाई आइतबार राति पक्राउ गरिएको हो । ढुङ्गेलमाथि काभ्रेपलाञ्चोकको भुम्लुस्थित एनसेल टावरमा आगजनी गरेको आरोप छ ।     
     
यसैबीच सोही समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्यद्वय सुन्दर रायमाझी र अनिल रायमाझीलाई पनि प्रहरीले शुक्रबार राति पनौती नगरपालिका–४ बाट पक्राउ गरेको छ । प्रहरीका अनुसार पनौतीमा विस्फोटक पदार्थ राखी आतङ्कित पारेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।   

त्यस्तै नेत्र विक्रम चन्द नेतृत्वको समूहका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका–२ स्थित बेलडाँगी क्षेत्रबाट प्रहरीको विशेष गस्ती टोलीले झापा जिल्ला सदस्य सोही वडा बस्ने वर्ष ३० का सुवास राई र कार्यकर्ता २८ वर्षीय पुकार योञ्जन पक्राउ गरेको हो ।     
     
 पक्राउ परेका दुवैको साथबाट उक्त समूहका पर्चा, चन्दा रसिदसमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताए । 

उनका अनुसार वेलडाँगी क्षेत्रमा चन्दा असुलीलगायतका गतिविधिमा सङ्लग्न भएको विशेष सूचनाका आधारमा दुवैलाई पक्राउ गरिएको हो ।     
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ