arrow

पर्वत सेवा समाज युएईले तेस्रो बार्षिकउत्सव मनायो

logo
लालबहादुर ढेंगा,
प्रकाशित २०७२ चैत १६ मंगलबार
parbat-sewa-samaj-6.JPG.jpeg
दुबई । पर्वत सेवा समाज युएईले विविध लोक सांगीतिकको माहौलमा तेस्रो बार्षिकउत्सव २०१६ भव्य रुपले मनाएको छ । समाजले आफ्नो कार्यकाल तीन बर्ष पूरा गरेको अवसरमा सो बार्षिकउत्सव मनाएको हो ।   कार्यक्रममा  पर्वत सेवा समाज युएईका संंरक्षक खेमानन्द भुर्तेल  समाजका अध्यक्ष राजेन्द्र अधिकारीले लगायत  विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यवसायी, पत्रकार र  कलाकारहरुको उपस्थिति रहेको थियो ।
 
राष्ट्रिय गानबाट  थालनि गरिएको  कार्यक्रममा  सांस्कृतिक  नृत्य तथा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो  ।  कार्यक्रमको  अवसरमा पर्वत सेवा समाज युएईबाट अभियान चलाएको भूकम्प पीडित राहत संकलन कोषमा सहयोग गर्ने र स्थापनाकालदेखि समाजलाई सहयोग दिनेहरुलाई खादा तथा सम्मान–पत्र दिएर सम्मानित गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ