arrow

नेपालमा रेडमी ७ ए सार्वजनिक, यस्ता छन् विशेषता

logo
प्रकाशित २०७६ साउन २१ मंगलबार
Redmi_7A_Blue.jpg

काठमाडौं । रेडमी ए सिरिज लाइनअपको रेडमी ७ ए नेपालमा सार्वजनिक गरिएको छ । रेडमी ६ ए लाई पूर्ण रुपमा अप्ग्रेड गरेर कम्पनीले रु ११,५०० देखि रेडमी ७ ए नेपाली बजारमा भित्र्याएको छ ।  यसमा क्वालकम स्न्यापड्रेगन ४३९ चिपसेट, ४००० एमएएच ब्याट्री, १२ एमपी सोनी क्यामेरा सेन्सर र म्याट फिनिस भएको यूनीबडी डिजाइन जस्ता विशेषताहरु रहेका छन् ।

गुणस्तरमा विशेष ध्यान दिदैँ आएको शाओमीले आफ्ना ग्राहकहरुलाई उच्च गुणस्तरीय ब्राण्डको अनुभव प्रदान गर्ने फोनहरु उपलब्ध गराउदै आइरहेको छ । यस ब्राण्डले ग्राहकहरुलाई उच्च गुणस्तरीय उत्पादनका साथै दिर्घकालिन सेवा प्रदान गर्ने प्रतिबद्धतासँगै रेडमी ७ ए मा दुई वर्षको वारेन्टी प्रदान गरेको छ ।

 १२ एमपी सोनी सेन्सर क्यामेराको अनुभव प्रदान गर्ने २ न्ज्श ओक्टा–कोर क्वालकम स्न्यापड्रेगन ४३९ ले संचालित रेडमी ७ ए मा गजब्बका विशेषताहरु रहेका छन् । साथै, रेडमी ७ ए ४००० एमएएच ब्याट्री  भएको रेडमी “ए” सिरिजकै पहिलो स्मार्टफोन हो ।

रेडमी ए सिरिजले हरेक सेगमेन्टमा नयाँ तथा उत्तम प्रविधिहरु ल्याएको छ ।  रेडमी ७ ए मा २ न्ज्श सक्षम ओक्टा–कोर स्न्यापड्रेगन ४३९ र उच्च क्षमता भएको ४००० एमएएच  ब्याट्री रहेको छ जसले दुई दिनसम्मको ब्याट्री लाइफ सुनिश्चित गर्दछ ।

रेडमी ७ ए मा १२ एमपी सोनी सेन्सर रहेको छ जुन सेन्सर भएको यस सेगमेन्टकै पहिलो फोन हो । यस फोनमा उत्कृष्ट पोर्टेट सेल्फीका लागि एआई पोर्रेट मोड सहितको ५ एमपी फ्रन्ट क्यामेरा रहेको छ ।

प्रयोगकर्ताका अनुभवलाई अझै बढाउन, रेडमी ७ ए मा वायरलेस एफएम रेडियो छ जसमा इयरफोनको आवश्यकता बिना नै रेडियो सुन्न सकिन्छ । उत्कृष्ट भिविङ एन्गलका साथ यसमा १३.८ सीएम (५.४५) १८ः९ एचडी प्लस फूल स्क्रिन डिस्प्ले रहेको छ । रेडमी ७ ए मा डूअल सिम प्रयोग गर्न सकिन्छ साथै यसमा डेडिकेटेड माइक्रो एसडी कार्ड सल्ट रहेको छ जसले २५६ जीबीसम्म सपोर्ट गर्दछ । रिइन्फोर्सड् कर्नर र स्प्ल्यास प्रुफ डिजाइनले गर्दा फोन खस्दा वा पानीमा भिज्दा पर्ने जोखिमबाट बचाउछ ।


रेडमी ७ ए म्याट ब्लाक र म्याट ब्लु भेरियन्टमा उपलब्ध हुनेछ । २ जीबी प्लस ३२ जीबी भेरियन्ट रु ११,५०० मा अगष्ट ९ तारिकबाट बाट देशभरका आधिकारिक एमआई स्टोर, पार्टनर स्टोर तथा रिटेल च्यानलमा उपलब्ध हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ