arrow

राष्ट्रिय सुरक्षा सल्लाहकार बन्दै अक्षय कुमार

logo
प्रकाशित २०७६ साउन २१ मंगलबार
akshay1.jpg

काठमाडौं। भारतीय अभिनेता अक्षय कुमार राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिकामा आउने भएका छन्। भर्खरै घोषणा गरिएको नयाँ फिल्ममा उनले अजीत डोभालको भूमिका निभाउने छन्। उनले निरज पाण्डेको निर्देशनमा उक्त फिल्म खेल्ने भएका हुन्।

स्रोतका अनुसार डोभालको करियरको विषयमा यो फिल्म बन्न लागेको हो। अहिले स्किप्टबारे काम शुरु भइसकेको छ। साथै अहिले त्यसबारे अनुसन्धान पनि चलिरहेको छ। अझै यो फिल्म शुरु हुन धेरै समय बाँकी छ। स्रोतका अनुसार सबैभन्दा पहिला निरज पाण्डेले फिल्म ‘चाणक्य’ पूरा गर्नेछन्। यसको घोषणा केही महीनाअघि भएको थियो। अहिले अक्षयकुमारले पनि केही फिल्म पूरा गर्न बाँकी छ।

यसअघि पनि अक्षयकुमारले नीरज पाण्डेसँग काम गरिसकेका छन्। पछिल्लो समय अक्षयकुमार र भूषण कुमारको बीचमा मनमुटावको समाचार आएको थियो। यसबारे मिशन मंगलको प्रमोशनको क्रममा अक्षय कुमारले आफूहरुको बीचमा कुनै विवाद नरहेको बताएका थिए।

अक्षय कुमारको १५ अगष्टमा मिशन मंगल, अक्टोबरमा हाउसफुल ४ र डिसेम्बरमा गुड न्युजजस्ता फिल्म यस वर्ष आउनेछन्। त्यसका साथै आगामी वर्षको शुरुमा सूयंवंशी र त्यसको केही समयमा लक्ष्मी बम फिल्मको घोषणा भएको छ। त्यसका साथै इक्का र बच्चन पाण्डे फिल्मको लागि पनि उनले सम्झौता गरिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ