arrow

धमाका मच्चाउदै सकियो धमाका नाइट

logo
प्रकाशित २०७२ चैत १६ मंगलबार
dhamaka.jpg.jpeg
अष्ट्रेलिया । सीडनीमा धमाका मच्चाउदै धमाका नाइट सम्पन्न भएको छ । नेपाली कला साहित्य प्रतिठान अष्ट्रेलियाले धमाका नाइट साङ्गीतक कार्यक्रमका गरेको हो ।  उक्त सन्ध्यामा गीत, नृत्य, प्रहसन, कृति विमोचन लगायत कला र सँस्कृतिका विविध झाँकिहरु प्रस्तुत गरिएको थियो ।
 
  नेपाल प्रज्ञा प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख विकास नाथ योगीले अस्ट्रेलियामा देखेको राष्ट्र प्रेम र नेपाली समुदायले कलालाई दिएको सम्मानले आफु प्रभावित भएको बताए । उनले  भायोलिनको समधुर कला समेत पस्केका थिए । सो अवसरमा कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष सुजाता केसीले नेपाली कला साहित्य र पहिचान विस्तारमा आफुहरूले सो कार्यक्रम गरेको बताइन् ।
 
कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष तथा संरक्षक जानकी पौडेल, संस्थानका सचिव रुद्र गिरी लगायतले संस्थाको उपलब्धी नेपाली समुदायमा भाषा , साहित्य र कला विस्तारमा संस्थाले खेलेको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा  योगी, साहित्यकार नवराज कार्कि, अध्यक्ष सुजाता केसी, नारायण प्रधान, रमेश बानिँया, जानकी पौडेल, श्याम गुरुङ्ग, लगायत विभिन्न सात जनाले संस्थाका महासचिव राजेश्वर घिमिरे र अर्का लेखक शालिकराम उपाध्यायले लेखेको कृति ‘तेस्रो आँखा ‘ र नेपालबाट आउनु भएकी गायीका प्राश्ना शाक्य को ‘साङ्गीतक सीडी प्राश्नाको लोकार्पण गरेका थिए ।
 
कार्यक्रममा कलाकार बादल प्रसाइ र प्राश्ना शाक्यले भरपुर मनोरन्जन दिलाएका थिए । नेपाली भेष भूषाको झांकि, विभिन्न स्थानीय कलाकारहरूको जोडदार नाच र प्रस्तुतिमा जमेको सो सन्ध्यामा नेपाली समुदायका विभिन्न अगुवा प्रतिनिधिहरू सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ