arrow

विषादी परिक्षणमा कडाई, परिक्षण पछि मात्रै तरकारी भित्रिदै

logo
धनबहादुर भण्डारी।
प्रकाशित २०७६ साउन २१ मंगलबार
bisadi-lab-1.jpg

डडेल्धुरा। भारत वाट आयातित मात्रै नभई सुदुरपश्चिम प्रदेशमा उत्पादन हुने तरकारीको विषादी परिक्षण इकाईले कडाई गर्न थालेपछि यस क्षेत्रका उपभोक्ता खुसी भएका छन् । विषादी परिक्षण नगरेको तरकारी र फलफूल नेपालका वजारमा भित्रिनमा भन्सार कार्यालयले रोक लगाएको जनाएका छन् ।

कैलालीे धनगढीको अत्तरियामा रहेको विषादी अवशेष दु्रत विश्लेषण इकाईले तरकारी, फलफुलको विषादी परिक्षणमा कडाई गरेको जनाएको छ। पहिले देखी छड्के रुपमा विषादी परिक्षण गर्ने गरेको विषादी अवशेष दु्रत विश्लेषण इकाई अत्तरीया कैलालीले सर्वोच्च अदालतको आदेश पश्चात भारतवाट आयात हुने फलफूल र तरकारीको विषादी परिक्षणमा कडाई गरेको हो ।

कैलाली र गड्डाचौकी भन्सारवाट नेपाल भित्रिने भारतीय तरकारी र फलफूलको नियमित रुपमा परिक्षण गरिरहेको फलफुल तथा तरकारीका विक्रेताहरु वताउँछन्। भारतबाट आयातीत मात्रै नभई सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानमा उत्पादन भई कृषी उपज थोक वजार अत्तरीयामा ल्याईने तरकारी र फलफूलमा रहेको विषादी परिक्षण गरीरहेको र हामीले परिक्षण पश्चात मात्रै ति वस्तुहरुलाई उपभोक्ता माझ ल्याईरहेको जानकारी एक व्यवसायि हेमराज पनेरुले दिए।

पहिले पनि विषादी परिक्षण हुने गर्दथ्यो तर पछिल्लो समयमा नेपाल सरकारको निर्देशन अनुरुपम नै विषादी परिक्षणमा थप कडाई गरेको विषादी अवशेष दु्रत विश्लेषण इकाई कैलालीका प्रमुख जितवहादुर थापाले वताए।

भारतवाट आयात हुने तरकारी र फलफूलको विषादी परिक्षण गरेपछि मात्रै भन्सारले वजारमा आउन दिने गरेको छ। तरकारी तथा फलफूलमा पाँच प्रकारको विषादी परिक्षण गर्नु पर्ने भएपनि स्रोत साधनको अभावमा हाल विषादी अवशेष द्रुत विश्लेषण इकाई कैलालीले दुई किसिमको विषादी परिक्षण गर्ने गरेको प्रमुख थापाको भनाई छ ।

यस इकाईमा कर्मचारीको अभावमा विषादी परिक्षण गर्ने कार्य प्रभावित हुने गरेको छ। चार जना कर्मचारीको दरवन्दी रहेको यस इकाईमा हाल एक जना कार्यालय प्रमुख मात्रै रहेका छन्। तरकारी विषादी परिषण पछि मात्रै तराई लगाएत पाहाडी जिल्लामा फलफुल र तरकारी आउन थाले पछि उपभोक्ता खुसि बनेकाछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ