arrow

गर्भवती बुहारी मारेको आरोपमा सासु–ससुरा पक्राउ 

logo
प्रकाशित २०७६ साउन २२ बुधबार
Handcuffs.jpg.png

सप्तरी । सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।     
     
अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।     
     
आरोपितहरुले घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।
     
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ५ गते राति ल्याउँदा पीडितको मृत्यु भइसकेको थियो ।

मृतकको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । 

मृतक तीन महीनाकी गर्भवती रहेकी थिइन् ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ