arrow

एसएलसीमा प्राविधिक धारका विद्यार्थी घट्दो

logo
प्रकाशित २०७२ चैत १६ मंगलबार
SLC-Nepal_20120615094302-300x195.jpg.jpeg
काठमाडौँ । प्रवेशिका परीक्षापछि माथिल्लो तहमा अध्यनका लागि सहज बाटो नहुँदा प्राविधिक धारका विद्यार्थीको सङ्ख्या घट्दो पाइएको छ । परीक्षा दिने कुल विद्यार्थीको सङ्ख्या हरेक वर्ष बढ्ने गरेकामा प्राविधिक क्षेत्रका विद्यार्थी भने गत वर्षको तुलनामा केही कम देखिएको छ । गत वर्षको परीक्षामा नियमिततर्फ तीन हजार २९३ विद्यार्थी सहभागी थिए भने यस वर्ष ३८ कम अर्थात् तीन हजार २५५ विद्यार्थीले आवेदन दिएका छन् । यसमा एक हजार ९८२ छात्र र एक हजार २७३ छात्रा छन् । 
 
हाल प्राविधिक धारका कुल १०० विद्यालय छन् । ती विद्यालयका लागि विषयगत शिक्षक र तालिमको पनि अपर्याप्त छ । गत वर्ष कक्षा ११ मा प्राविधिक धारको पाठ्यक्रम तर्जुमाका लागि ती १०० विद्यालयका सञ्जाल र संसद्को शिक्षा हेर्ने समितिले सरकारले पटकपटक ध्यानाकर्षण गराउनुपरेको थियो । 
 
सरकारले छ वर्षअघि ल्याएको विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) र आगामी वर्षदेखि लागू हुने विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडिपी) मा सामान्य शिक्षाका अतिरिक्त कक्षा ९ देखि प्राविधिक धारमा पनि शिक्षा दिइने व्यवस्था छ । एक्काइसौँ शताब्दी अनुकूल शिक्षालाई व्यावसायिक र रोजगारमूलक बनाउन प्राविधिक धारको शिक्षामा जोड दिनुपर्ने सवाल हरेक राजनीतिक दल र विद्यार्थी सङ्गठनले पनि उठाउँदै आएका छन् । ‘सबैका लागि शिक्षा’को अन्तर्राष्ट्रिय लक्ष्यको एक हिस्सामा पनि प्राविधिक धारको शिक्षाको रोजाइलाई समान स्थान दिने उल्लेख छ । 
 
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा उपनियन्त्रक अनुपम श्रेष्ठ कक्षा ९ र १० का विद्यार्थी प्रायः १३÷१४ वर्षका हुने र उनीहरुले प्राविधिक धारमा शारीरिक काम (अभ्यास) पनि गर्नुपर्ने भएकाले विद्यार्थी बढ्न नसकेको हुन सक्ने बताउनुभयो । विद्यमान श्रम ऐनले १८ वर्ष नपुगी बालबालिकालाई श्रममा लगाउन नलाउन रोक लगाएको छ । 
 
सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घका अध्यक्ष कृष्ण थापा सरकारले प्राविधिक धारमा राम्रो गर्न सक्ने कतिपय विद्यालय मुलुकबाहिर जाने क्रम पनि जान थालेको र मुलुकभित्र यो धारमा लागेर रोजगारको सुनिश्चितता नहुनु पनि समस्या रहेको बताउनुहुन्छ । 
 
यस वर्षको एसएलसी परीक्षा यही चैत १८ गतेबाट सुरु हुँदैछ । यस वर्षबाट पहिलोपटक विद्यार्थीको मूल्याङ्कन अक्षराङ्कन पद्धति (लेटर ग्रेडिङ) बाट हुँदैछ । परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सम्मिलित हुँदैछन् । सबैभन्दा बढी काठमाडौँका ३५ हजार ७२९ र सबैभन्दा कम मनाङका ६३ परीक्षार्थी सम्मिलित हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो । परीक्षामा देशभरि ७२ हजार ८९६ जनशक्ति परिचालन गरिनेछ । सुरक्षाकर्मी मात्रै २९ हजार १४५ परिचालन हुनेछन् । 
 
परीक्षार्थीको विवरण : 
छात्रा छात्र जम्मा 
नियमित २२,७५३५ २२,५३४६ ४५,२८८१ 
आंशिक ९७,०३६ ६२,३८१ १,५९४१७ 
प्राविधिक १,२७३ १,९८२ ३,२५५ 
कुल जम्मा ६,१५,५५३ 
(स्रोत : परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी) 
 
परीक्षालाई मर्यादित बनाउन शिक्षा सेवाका १८ सहसचिवको नेतृत्वमा अनुगनम हुने जनाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ