arrow

शाहरुखको घरमा गौरीको दवदवा !

गौरी खानको ब्ल्याक एण्ड हुवाइट तस्वीर शेयर गर्दै शाहरुखले लेखे– पत्नी खुसी हुनेछिन्

logo
प्रकाशित २०७६ साउन २२ बुधबार
shah-rukh-khan-gauri.jpeg

काठमाडौं । शाहरुख खान र गौरी खानको जोडी बलिउडमा एक परफेक्ट जोडीको रुपमा मानिने गरेको छ । कुनै मौका पाउना साथ शाहरुख गौरीलाई इम्प्रेस गर्न खोज्छन् । एकपटक शाहरुख खानले एउटा पोस्ट लेख्दै गौरी खुसी भएको हुनुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए ।
 
सामाजिक सञ्जालमा शाहरुख खान एक्टिभ हुने गर्छन् । यसपटक उनले गौरीको एक ब्ल्याक एण्ड ह्वाइट तस्वीर शेयर गर्दै एक राम्री घरवालीले राम्रो घर बनाएको भन्दै क्याप्सन लेखेका थिए । यो तस्वीर गौरीले वोग म्यागाजिनका लागि फोटोशूट गराएकी थिइन् ।

तस्वीरमा उनी सिसामा बसेकी छिन् र आफैंलाई हेरिरहेकी छिन् । गौरी खान एक चर्चित इन्टेरियर डिजाइनर हुन् । उनले ज्याकलिन फर्नान्डेज, रणवीर कपूर, सिद्धार्थ मल्होत्रा र वरुण धवनसहित ठूला सेलिब्रेटीको घर डिजाइन गरेकी छिन् ।

शाहरुख खान हालसालै परिवारसँग माल्दिभ्समा छुट्टि मनाएर भारत फर्किएका छन् । एक फोटोमा शाहरुख खान र गौरी डुङ्गा चलाउँदै गरेको देखिएका थिए । यी तस्वीर शेयर गर्दै शाहरुख खानले गौरीको प्रशंसा गरेका छन् ।

शाहरुख खान एक राम्रो पिता र पति रहेको गौरीले बताउने गरेकी छन् । उनले शाहरुखको श्रीमती हुनु आफ्नो लागि सकारात्मक कुरा भएको  तर, आफूले सधैं साधारण कामकाजी महिलाको जस्तै साधारण जिन्दगी बिताउँदै आएको बताएकी छन् ।

उनले आफूले सधैं शाहरुख खानको सकारात्मक कुरामा मात्र ध्यान दिने गरेको बताउछिन् । हालसालै शाहरुख खानले सामाजिक सञ्जालबाट आफ्नी छोरी सुहानाको ग्रेजुएटको जानकारी दिएका थिए ।

उनले ट्वीटरमार्फत् स्कुलको पढाइ सकिए पनि जिन्दगीको पढाइ कहिल्यै पनि सकिनु नहुने र केही न केही सिक्दै अघि बढ्नु जरुरी रहेको बताएका छन् ।

दुवैले आफ्नो प्रेमका लागि परिवारसँग संघर्ष गरेका थिए । अन्ततः उनीहरुको परिवारले पनि उनीहरुको प्रेमलाई स्वीकार गरेका थिए ।
 
सन् १९९१ मा यी दुईको बीचमा विवाह भएको थियो।शाहरुखले गौरीका परिवारलाई मनाउनका लागि ५ वर्षसम्म हिन्दू भएको नाटक गरेका थिए । उनले आफ्नो नाम पनि परिवर्तन गरेका थिए । यतिमात्र होइन, उनले विवाहपछि पनि गौरीसँग एक झुट बोलेका थिए।

गौरी र शाहरुखको बीचमा हनिमून पेरिस जाने सहमति भएको थियो तर शाहरुखसँग त्यसका लागि पर्याप्त पैसा थिएन । यस्तोमा उनले हनिमूनका लागि दार्जिलिङ लगेका थिए । शाहरुख सन् १९९१ मा गौरीका परिवारलाई मनाउन सफल भए । शाहरुखका अनुसार गौरी उनलाई यसकारण प्रेम गर्छिन् कि उनी निकै इमान्दार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ