arrow

परियोजनाले करोडौका गाडी, मोटरसाइकल लगायतका भौतिक सामाग्री अपचलन गरेको आरोप

logo
जीवन शर्मा,
प्रकाशित २०७६ साउन २२ बुधबार
okhaldhunga.png

ओखलढुंगा । स्थानीय सडक सुधार तथा जिविकोपार्जन कार्यक्रम (लिरिप) परियोजना मातहतमा रहेका भौतिक सामाग्रीहरुको खोजी हुने भएको छ । परियोजना मातहत रहेका गाडी, मोटरसाइकल, ल्यापटप, ज्यावल,निर्माण औजार, लगायतका सामाग्रीहरु कसलाई हस्तान्तरण गरेको भन्ने अन्योल भएपछि जिल्लाका सारेकारवालाले यसको खोजि गर्न लागेका हुन् ।

जिल्ला समन्वय समिति लाई हस्तान्तरण गर्नु पर्ने उक्त सामाग्रीहरु अझै हस्तान्तरण नभएको जिसस ओखलढुंगाले जनाएको छ । आज पत्रकार सम्मेलन गरी समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले स्थानीय सडक सुधार तथा जिविकोपार्जन कार्यक्रमले समन्वय समितिलाई बुझाउनु पर्ने गाडी, मोटरसाइकल, ल्यापटप, ज्यावल, निर्माण औजा, लगायतका सामाग्रीहरु हस्तान्तरण नभएको बताए ।

जिल्ला समन्वय समितिमा विभिन्न योजना समापन पछि बाँकी रहेका तार जाली, कम्मल र त्रिपालहरु दैवि प्रकोप व्यवस्थापन समितिको २०७४ साल माघ ११ गतेको निर्णय र सोही मितिको जिल्ला प्रशासनको ११२३ को निर्णय अनुसार स्थानीय तह लाई वितरण गरिएको श्रेष्ठले बताए । त्यस बाट बाँकी रहेका तारजाली र पाल आवश्यक्ताका आधारमा वडा समितिको सिफरिसमा भूकम्प पिडित, आगलागी पिडित, बाढी पहिरो पिडित, हावा हुरी पिडित लाई सडक निर्माण एवं पहिरो नियन्त्रणका लागि वितरण गरिएको श्रेष्ठले जानकारी दिए ।

केही समय अघि विभिन्न सञ्चार माध्याममा आएका समाचार र  नेकपा ओखलढुंगाका अध्यक्ष एवं प्रदेश नम्बर १ का सांसद मोहन खड्काले जिल्ला समन्वय समितिले (लिरिप) परियोजनाले हस्तान्तरण गरेको सामाग्रीहरु अपचलन गरेको भन्दै उजुरी दिएका थिए । उक्त उजुरीमा सत्याता नरहेको श्रेष्ठले दावी गरे । राजनीतिक प्रतिशोधका आधारमा सांसद खड्काले यथार्थ नबुझि जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराई विभिन्न सञ्चारमाध्याममा दिएर आफ्नो राजनीतिक चरित्रहत्या गर्न खोजेको उनको आरोप छ । सांसद जस्तो गरिमामय पदमा आसिन व्यक्तिले कसैको लहैलहैमा लागेर वास्तविक्ता नै नबुझि पदीय मर्यादा दुरुपयोग गर्नु दुखद भएको प्रमुख श्रेष्ठले बताए ।

जिल्ला समन्य समिति सबै सरोकारवाला निकाय संग समन्वय, सहकार्य गरी विकास ताथ निर्माण सम्बन्धि कार्यमा सन्तुलन कायम राख्नदै पारदर्शिता, शुसाशन तथा भ्रष्टाचारमुक्त समाज निर्माण  अभियानमा प्रतिवद्ध रहेको समेत श्रेष्ठले स्पष्ट पारे । एल आर आइ पि परियोजनाले साविकको जिल्ला विकास समिति मातहत रहेर कार्यक्रम सञ्चालन गरेपनि परियोजनाका समापन पश्चात सामाग्री बुझाउने वेलामा अन्यत्र लगेर भौतिक सम्पत्ति अपचलन गरेको र यसलाइ ढाकछोप गर्नका लागि खड्काले उल्टै उजुरी दर्ता गराएको श्रेष्ठले दावी गरे ।

उक्त सामाग्रीहरु जिससलाई थाहै नदिई अन्यत्र वितरण गरिएकाले सम्बन्धित निकायबाट त्यसको खोजविन हुनु पर्ने उनले बताए । राजनीतिक प्रतिशोधका आधार संविधानको भावना विपरित स्वयम निर्वाचित जनप्रतिनिधिले भ्रम सृजना गर्दै जनप्रतिनिधिहरुलाई नै विवादमा लैजानु  दुर्भाग्यपूर्ण भएको भन्दै जिल्ला समन्वय प्रमुख श्रेष्ठले असन्तुष्टि व्यक्त गरे । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ