arrow

ओपोले खोल्यो अस्ट्रेलियामा विश्वकै पहिलो फाइभजी होटल, यस्त छन् सुविधा

logo
प्रकाशित २०७६ साउन २२ बुधबार
oppo-5g-hotel.jpg

काठमाडौं । यदी तपाईँ प्रखर प्रविधि प्रेमी हुनुहुन्छ वा सुलभ मूल्यमै नविनतम विलाशि आरामदायी गेटअवेको चाहना राख्दै हुनु हुन्छ भने ओपोद्वारा अस्ट्रेलियामा सञ्चालनमा ल्याइएको फाइभजी होटल तपाईँका लागि उत्कृष्ट गणतब्य हुनसक्छ ।

फाइभजीबाट के कस्ता कार्य गर्न सकिन्छ भन्ने सफल उदाहरण सबैसामु प्रस्तुत गर्ने उद्देश्यका साथ ओपो अस्ट्रेलियाले विश्वकै पहिलो ट्राभलिङ, फाइभजी पावर्ड स्मार्ट होटलको निर्माण गरेको छ । समग्र होटलमा ओपोको रेनो स्मार्टफोन, अत्याधुनिक प्रविधि र फाइभजी नेटवर्कको पूर्ण सुविधा प्रदान गरिएको छ । आउने केही महिना यो होटल अस्ट्रेलियाका विभिन्न फाइभजी लोकेशन्सहरुमा पुर्‍याइने छ । यसको सुरुवात गोल्ड कोस्टको होम अफ आर्ट्स (एचओटीए)बाट गरिने जानकारी दिइएको छ ।

यात्रुले फाइभजी होटलबाट के–कस्ता सुविधाको अपेक्षा गर्न सक्छन् ?

स्मार्ट (मिरर) ऐना– होटलमा रहेका स्मार्ट मिररमा पाहुनाले आशा गर्न सक्ने सम्भवतः सबै सुविधाहरु उपलब्ध गरिएका छन् । यसलाई स्मार्ट उपकरणसंग कनेक्ट  गरी ताजा समाचार , शेयर बजार सम्बन्धि ताजा जानकारी, विहानको पत्रिका पढ्ने, चलचित्र हेर्ने वा परफेक्ट मिरर सेल्फीका लागि उपयुक्त प्रकाशको ब्यवस्थापनि गर्न सक्छन् ।

सर्वसुलभ गेम– होटलमा रहेको फाइभजी गेमिङ स्विट मार्फत पाहुनाले आफ्नै हत्केलामा हाई एण्ड गेमिङ कम्प्युटरको अनुभव गर्न सक्छन् । प्रयोगकर्ताले सहजै पीसीमा वा फाइभजी स्मार्टफोनको सहायताबाट गेमको भण्डारसम्म आफ्नो पहुँच बनाइ आफूलाई पायक पर्ने स्थानबाट गेमिङको मज्जा लिन सक्छन् ।

हस्तरहित कार्य सम्पादन– होटलमा उपलब्ध गरिएको रेनो फाइभजी उपकरण गूगलको होम हब तथा स्मार्ट होम फिचर्सबाट सुसज्जित छन् । पाहुनाले आफ्नै आवाजको माध्यमबाट प्रकाशको तिब्रता नियन्त्रण, यू–ट्यूब म्यूजिक मार्फत आफ्नो ईच्छा अनुसारका गीत बजाउन तथा गूगललाई प्रश्न सोधी उत्तर समेत सहजै प्राप्त गर्न सक्छन् ।

संवर्धित वास्तविकताको अनुभव (एआर)– होटलले उपभोक्तालाई संवर्धित वास्तविकता (एआर)को अभुतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ एआर एप्सहरु पनि प्रदर्शनीमा राखेको छ । प्रदर्शित एप्समा रेनो फाइभजीको अन्तरक्रियात्मक परिचयका साथै एआर वारड्रोब लगायत छन् । एआर वारड्रोबले पाहुनालाई विभिन्न कपडाहरु भर्चुअल एआर रनवे मार्फत पूर्वावलोकन गर्न सघाउँछ ।

बफर रहित मनोरञ्जन सुविधा– होटलमा फाइभजीका माध्यमबाट मुटु छुने कन्टेन्टहरु डाउनलोड, स्ट्रिम तथा हेर्ने सुविधा उपलब्ध छन् । बफर–फ्रि नेटफ्लिक्सको मज्जा लिने वा कफि बनाउँदै आफूलाई मनपर्ने सिरिज पूरै डाउनलोड गर्ने र होटलको फराकिलो स्क्रिन सहितको टीभीमा यसको मज्जा लिने सुविधापनि यहाँ उपलब्ध छ ।

४० फिटे शिपिङ कन्टेनरबाट फ्युचरिस्टिक होटलमा रुपान्तरण गरिएको फाइभजी होटल एचओटीएमा अगस्ट १ देखि ३० सम्मका लागि बुकिङ खुल्ला गरिएको छ । होटलको अभूतपूर्व अनुभव गर्न चाहनेले यसका लागि १ सय ५० अष्ट्रेलियन डलर खर्च गर्नुपर्ने हुन्छ । यसरी संकलित समग्र रकम स्थानिय च्यारिटीहरुमा जाने जानकारी दिइएको छ ।

म्याटब्ल्याक बाह्य सजावतलाई सुहाउँदो न्यूनतम आन्तरिक टच सहित फाइभजी होटल, आफैमा एउटा क्लासी क्याविन झैँ देखिन्छ । तर, ती भन्दापनि बढी यस भित्र उपलब्ध गरिएका सेवा सुविधाले यसको पहिचान अझ फराकिलो बनाएको छ ।

होटलको विलाशी वान बेडरुम स्विट फाइभजी क्लाउड गेमिङ, बफर रहित स्ट्रिमिङ, ईमर्सिभ एआर एप्स र स्मार्ट मिरर लगायत अत्याधुनिक स्मार्ट होम फिचर्सबाट सुसज्जित रहेका छन् । साथै एचओटीएमा फाइभजी होटलका पाहुनाहरु ग्लो फेस्टिवल, फार्मर्स मार्केट, डान्सिङ अन द ग्रीन र गोल्ड कोस्टको ईस्टेडफुड लगायत अस्ट्रेलियाको मौलिक तथा सर्वाधिक ठूलो परफर्मिङ आर्ट्स शोको पनि मज्जा लिन सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ