arrow

नामार्जुन जलविद्युत् आयोजनामा छवटा बैंकले लगानी गर्ने

logo
प्रकाशित २०७२ चैत १६ मंगलबार
micro_hydro_cartoon1.jpg.jpeg
काठमाडौँ । हिमालय हाइड्रोपावरले निर्माण गर्न लागेको नामार्जुन जलविद्युत् आयोजनामा जनता बैंकको अगुवाइमा विभिन्न छ वटा बैंकले लगानी गर्ने भएका छन् । कास्कीको नामार्जुन गाविसमा आयोजना स्थल रहेको सो आयोजनामा नेपाल बङ्गलादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, कैलास विकास बैंक, विभोर विकास बैंक, त्रिवेणी विकास बैंक र काष्ठमण्डप बैंकले संयुक्तरुपमा लगानी गर्ने भएका छन् । 
 
लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा आज हस्ताक्षर भएको प्रमुख कार्यकारी अधिकृत सुधीर यादवले जानकारी दिए । दूरसञ्चार सेवा प्रदायक एनसेलमा कार्यरत कर्मचारीको ४० प्रतिशत लगानी रहेको सो आयोजनाको कुल लागत रु एक अर्ब ८७ करोडमध्ये ३० प्रतिशत स्वलगानी तथा बाँकी ७० प्रतिशत विभिन्न बैंकको लगानी रहेको छ । १२ मेगावाट क्षमताको सो आयोजना निर्माण कार्य थालनी भएको तीस महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको प्रमुख कार्यकारी अधिकृत यादवले भनाइ छ । 
 
नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता सम्पन्न भइसकेको र वातावरणीय प्रभाव मूल्याङ्कनसमेत सम्पन्न भइसकेकाले आयोजना तत्काल निर्माणको चरणमा प्रवेश गर्नेछ । स्वदेशी पुँजी, प्रविधि र स्वदेशी प्रवद्र्धकको संलग्नतामा निर्माण हुन लागेको नमुना आयोजना रहेको प्रवद्र्धकले जानकारी दिएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ