arrow

दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत

logo
प्रकाशित २०७२ चैत १६ मंगलबार
Sport-new-FNL-p.jpg.jpeg
काठमाडौं । दक्षिण एसियाली क्षेत्रमै पहिलोपटक भएको प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । राउन्ड रोविन लिगको आफ्नो पहिलो खेलमा मंगलबार नेपालले बंगलादेशलाई ९२–२६ ले सहजै पराजित गरेको छ । नेपालको जितमा स्नेहा श्रेष्ठले २५ अंक स्कोर गरिन् । बंगलादेशकी नताशाले ८ स्कोर गरिन् ।
 
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपालले चारै क्वाटरमा अग्रता लिएको थियो । सुरुमा नेपालले २०–१० को अग्रता लियो । नेपालले दोश्रोमा २०–३, तेश्रोमा ३१–४ र चौथोमा २१–९ को प्रदर्शन गर्न सक्यो ।  यसअघि पहिलो खेलमा सहज जित हात पार्ने क्रममा श्रीलंकाले माल्दिभ्सलाई १०५–३९ ले हरायो । श्रीलंकाकी सिल्भा कुमारिनले २५ अंक जोडिन् भने माल्दिभ्सकी राइपा इब्रालिनले ६ अंक बटुलिन् ।
 
प्रतियोगिताको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा नेपालसहित पाँच राष्ट्र सहभागी छन् । प्रतियोगिताअन्तर्गत बुधबार भुटान र श्रीलंका तथा माल्दिभ्स र नेपालबीच खेल हुनेछ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ