arrow

रवीना टण्डनको कारण नच बलिये ९ मा देखिनेछैनन् अक्षय

logo
प्रकाशित २०७६ साउन २३ बिहिबार
raveena-akshaya.jpg

काठमाडौं । अहिले अक्षयकुमार आफ्नो आगामी फिल्म मिशन मंगलको प्रचारको लागि व्यस्त छन् । भारतको स्वतन्त्रता दिवसको दिनमा रिलिज हुने यो फिल्ममा उनीसँगै विद्या बालन, सोनाक्षी सिन्हा र तापसी पन्नू पनि देखिनेछन् ।

त्यसो त उनी आफ्नो फिल्मको प्रचारकै क्रममा भेटिन्छन् । तर, उनले डान्स रियालिटीशो ‘नच बलिये ९’मा आउन अस्वीकार गरेका छन् । शोसँग जोडिएका एक निकट व्यक्तिले निर्माताले अक्षयकुमार र उनको पूरा टिम शोमा आउन् भन्ने चाहेको थियो । उनीहरुको योजना शोमा रवीना र अक्षय दुवै उपस्थित होउन् भन्ने चाहना थियो । रवीना र अक्षय कुनै समय डेटिङ जान्थे । तर, अक्षयले शोमा आउन अस्वीकार गरेका हुन् ।

स्रोतकाअनुसार अक्षय रवीनाको साथमा त्यति सहज देखिएका छैनन् । उनलाई शोको जज रवीना टण्डन हो भन्ने कुरा थाहा भएपछि उनले यसमा सहभागी हुन अस्वीकार गरेका हुन् । उनले आफूबाहेक अन्य कलाकार यो शोमा आउनसक्ने बताएका थिए । निर्माताहरु उनलाई यो शोको लागि मनाउन लागिपरेका छन् ।

अक्षय कुमार र रवीनाको प्रेमको शुरुआत सन् १९९४ मा फिल्म मोहाराको शुटिङको क्रममा भएको थियो । यो फिल्म सुपरहिट बनेको थियो । साथै यो जोडीलाई मानिसहरुले रुचाएका पनि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ