arrow

कमाउन पोर्चुगल गएका गुरुङ बिरामी परेपछि विचल्ली

logo
प्रकाशित २०७६ साउन २४ शुक्रबार
portugal1.jpg

लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली गम्भीर रोगका कारण थला परेका छन् ।

सात महीनादेखि पोर्चुगलमा काम गर्दै आएका सङ्खुवासभाको मकालु गाउँपालिकाका ३९ वर्षीय प्रेमबहादुर गुरुङ दुवै मिर्गौलाले काम गर्न छाडेपछि विचल्लीमा परेका हुन् ।      
     
 गुरुङले एक महीनादेखि डायलाइसिस गर्दै आएका छन् । उनी उच्च रक्तचाप र मधुमेहबाट समेत ग्रसित छन् ।

असार १९ गते सामान्य उपचारका लागि स्वास्थ्य केन्द्र पुगेका गुरुङले मिर्गौला पीडित भएको थाहा पाएका हुन् । रु ११ लाख खर्च गरी उनी पोल्याण्ड आएका थिए । 

आर्थिक अवस्था कमजोर भएका गुरुङको उपचारमा समस्या भएको छ । चिकित्सकले दुई महीनासम्म डाइलासिस गर्नुपर्ने र सुधार नभए मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएको गुरुङले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ