५० नम्बर गुल्म शसस्त्र प्रहरी कार्यालय दार्चुलामा कार्यरत छन् बडाल
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ साउन २५ शनिबार
866
Shares
दार्चुला। दार्चुलामा बाघको छाला सहित शसस्त्र प्रहरी जवान पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुहु गाउँपालिका वडा नम्बर २ हिकिलाका बर्ष २९ का दिपक बडाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। बडाल ५० नम्बर गुल्म शसस्त्र प्रहरी कार्यालय दार्चुलामा प्रहरी जवान पदमा कार्यरत रहेका छन्।
शुक्रबार बेलुकी ६ बजेतिर ब्रह्मदेब प्रहरी चौकीबाट खटी आएको टोलिले दुहु गाउँपालिकाको तिमुरपाटामा चेकजाँचको क्रममा साथमा रहेको झोला चेक गर्दा चरी बाघको छाला नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक रबिन्द्र कठायतले जानकारी दिए। पक्राउ गरिएको बाघको छालाको लम्बाइ ३९ इन्छ रहेको समेत उनले बताए।
प्रहरीले आवश्यक थप कारवाहिका लागि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयलाई बुझाइने जनाएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।