arrow

विश्वकप फुटबल छनौंट: मेस्सीको ५०औ गोलले अर्जेन्टिना बिजयी, ब्राजिल बराबर

पेनाल्टी मार्फत गोल गर्दै मेस्सीको ५०औं गोल पुरा

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
Messi_Argentina.jpg.jpeg
एजेन्सी। दक्षिण अमेरिकी विश्वकप फुटबलको छनौट चरण अन्तर्गत  भएको खेलमा ब्राजिल र पाराग्वेले २-२ गोलको बराबरी खेलेका छन्। त्यसैगरि अर्जेन्टिनाले बोलिभियालाई २-०ले पराजित गर्दै तीन अंक बटुलेको छ।
 
खेलको ७९औं मिनेटसम्म दुई गोलले पछि परेको ब्राजिलले दुई गोल फर्काउँदै खेल बराबरी गर्दै लगभग गुमाईसकेको अंक बाँड्न सफल भएको हो। स्टार खेलाडी नेयमार र डेविड लुईज बिना मैदानमा ओर्लेको ब्राजिलकालागि यो खेल कठिन रहेको थियो। 
डारियो लेजकानो र एडगर बेनिटेजले गोल गर्दै पाराग्वेलाई २ गोलको अग्रता दिलाएका थिए । ब्राजिलका रिकार्डो ओलिभेरीले ७९औ मिनेटमा गोल गर्दै २-१को स्थितीमा लेराएका थिए भने डेनी आल्भेसले अन्तिम मिनेटमा गोल गर्दै केल बराबरीमा पुर्‍याएका थिए। 
 
अर्जेन्टिनाकालागि मेस्सीले आफ्नो ५०औं अन्तराष्ट्रिय गोल गर्दै बोलिभिया बिरुद्ध २-० गोलले जीत दिलाएका छन्। १९ औ मिनेटमा मरसाडोले गोल गर्दै अर्जेन्टिनाकालगि खाता खोलेका थिए। २७औ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै मेस्सीले आफ्नो ५०औ गोल  पुरा गरेका थिए। 
 
दक्षिण अमेरिकी विश्वकप फुटबल छनौटको अंक तालिकामा उरुग्वे र ईक्वेडर १३ अंकका साथ क्रमश: पहिलो र दोस्रो स्थानमा रहेका छन् भने अर्जेन्टिना ११ अंकका साथ तेस्रो र चिली र बोलिभिया १० अंकका साथ चौथौं र पाँचौं स्थानमा रहेका छन्। ब्राजिल ९ अंककासाथ छैठौं स्थानमा रहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ