arrow

शाहरुख खान कस्तो चलचित्र खोज्दैछन् ?

logo
प्रकाशित २०७६ साउन २५ शनिबार
Aryan-Shahrukh.jpg.jpeg

एजेन्सी। केहि समयदेखि बलिउडका किंग शाहरुख खान आफ्नो समय परिवारलाई र यता-उताको काममा खर्च गरिरहेको खबरले उनका फ्यानहरुलाई चिन्ता परेको खबरहरु आउन थालेको छ।

पछिल्लो समयमा लगातार किंग खानले खेलेका चलचित्रहरुले राम्रो गरिरहेका छैनन्। ब्यापार ठीकै भए पनि क्रिटिक्सहरुबाट मिश्रित प्रतिकृया पाईरहेका छन् । उनलाई अब नयाँ चलचित्र के हुने भन्ने प्रश्नमा नयाँ चलचित्र बारे आफुलाई थाहा नभएको बताउँने गरेका छन्।

शाहरुख खानको अन्तिम प्रदर्शन भएको चलचित्र जिरो हो जस्ले औषत ब्यापार गरेको थियो। उनले अहिले केहि समय चलचित्रबाट ब्रेक लिएका हुन् वा पुरै छाड्न लागेका हुन् ? यो उनले भन्न सक्ने कुरा भो ।

शाहरुख आफ्नो प्रडक्सन गृहका लागि पनि नयाँ चलचित्र खोजिरहेको बताईएको छ। आफुले खेल्ने वा नखेल्ने निश्चित नभएको चलचित्र उनी आफ्नो प्रडक्सन हाउसका लगि खोजिरहेका छन्।

खानले एउटा बलिउड ईन्टरभ्युमा आफुलाई एक्सन फिल्म खेल्ने मन भएको बताएका छन्। उनले ट्विटरमा स्कृप्ट पठाउन नि आग्रह गरेका छन्। दुई लाईनको स्कृप्टबाट आफुले सबै कुरा बुझ्ने उनले बताएका छन्।

शाहरुख खान मजाक गर्न रुचाउने चरित्र हुन् उनले उक्त कुरा मजाकमा भनेको भए पनि के उनले राम्रो स्कृप्ट नपाएकै हुन् ? उनले बलिउड स्कृप्ट लेखकहरुको लेखन क्षमता माथि ब्यंग वा प्रश्न गरेका हुन्।

बलिउडका किंगले भनेका कुराहरुलाई सिधा बुझ्ने गरिन्न र बिभिन्न अडकलबाजीहरु शुरु भैसकेको छ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ