- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एकादशी तिथिलाई हिन्दू पञ्चाङ्ग अनुसार महत्वका साथ हेरिन्छ । यो एकादशी कृष्ण पक्ष होस् वा शुक्ल पक्ष हिन्दू धर्ममा यसको महत्व छ ।
हरेक एकादशी खास हुन्छ । एकादशीमा भगवान विष्णुको आराधना गरिन्छ र ब्रत पनि बसिन्छ ।
श्रावण र पौष महिनाको एकादशीलाई भने एकै किसिमले लिने गरिन्छ ।
यी एकादशीमा ब्रत बस्दा सन्तान प्राप्तिका श्रर्वश्रेष्ठ समय मानिन्छ । यसैले श्रावणको एकादशीलाई पुत्रदा एकादशी भनिएको हो ।
के छ यसको विधि ?
एकादशी व्रतका लागि दशमीका दिन ब्रत बस्नेले सात्विक भोजन लिनुपर्ने हुन्छ । ब्रह्राचर्य पालन गर्नुपर्ने हुन्छ ।
एकादशीका दिन सबेरै उठेर स्नान गरी स्वच्छ भएर ब्रत संकल्प लिनु पर्दछ ।
त्यसपछि भगवान विष्णुको बाल गोपाल रुपको पूजा गर्नुपर्छ ।
रातिमा भजन कीर्तन गरी जाग्राम बस्नुपर्छ । त्यसपछि द्धादशीका दिन बिहान सूर्योदयसंगै पूजा गर्नुपर्छ ।
पूजापछि कुनै ब्राम्हणलाई भोजन गराउनु पर्दछ ।
पुत्रदा एकादशीको यस्तो छ कथा
श्रीकृष्ण भगवानलाई पाण्डव पुत्र युधिष्ठिरले श्रावण एकादशीको महत्वबारे जानकारी दिन आग्रह गरे अनुसार कृष्णले द्धापर युगको प्रसंग सुनाए ।
द्धापर युगमा महिष्मतीपुरीका राजा महिजित निकै शान्त र धर्म प्रिय थिए । तर उनी पुत्रविहीन थिए ।
जब महामुनि लोमेशको निर्देशानुसार राजाले प्रजासंगै ब्रत राखे तब केही समयपछि रानीले एक तेजस्वी पुत्रको जन्म दिइन् ।
तबदेखि यो एकादशीलाई श्रावण पुत्रदा एकादशी भन्न थालिएको हो ।
आइतबार (साउन २६ गते) पुत्रदा एकादशी हो । यो एकादशीको विशेष महत्व छ ।