arrow

ब्राउन सुगरसहित नेपाली सेनाका सेनानी पक्राउ

logo
प्रकाशित २०७६ साउन २६ आइतबार
brown-sugar.jpg

काठमाडौँ । लागुऔषध ब्राउन सुगरसहित सुनसरीको इटहरीबाट नेपाली सेनाका सेनानी पक्राउ परेका छन् ।

नेपाली सेनाको पूर्वी पृतनामा कार्यरत सेनानी अजित सिंहसहित दुई जनालाई शनिबार लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।
     
शनिबार साँझ ५ः३० बजेको समयमा पक्राउ परेका दुवैलाई थप कारवाहीका लागि इटहरीस्थित प्रहरी कार्यालयमा बुझाइएको उनले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ