- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बाहुबली स्टार प्रभासको बाहुबलपछिकै पहिलो फिल्म ‘साहो’ को ट्रेलर सार्वजनिक भएको छ । बलिउड फिल्म साहोको ट्रेलर शनिबार रिलिज भएको हो । लामो समयदेखि बहुप्रतिक्षित रहेको साहो ३० अगष्टमा विश्वभर रिलिज हुँदैछ ।
त्यो दिन भारतको स्वतन्त्रताको दिन र हिन्दूहरुको रक्षाबन्धनको दिन । दुई मिनेट ४७ सेकेन्ड लामो ट्रेलरमा एक्सन, सस्पेन्स, थ्रिलर र रोमान्स मुछिएको छ ।
प्रभासले थोरै फिल्म खेल्छन् तर बबाल खेल्छन् । त्यही बबाल बनेर आएको छ साहो । श्रद्धा कपुर, जैकी श्राफ, निल नितिन मुकेश, चंकी पाण्डे लगायतका कलाकारको पनि प्रस्तुति रहेको छ ।
फिल्म लेखन तथा निर्देशन सुजिथले गरेका हुन्। चार भाषामा आएको ट्रेलरमा श्रद्धा र प्रभासको केमेस्ट्रि गज्जबको छ ।
प्रभासलाई खुंखार ग्याङस्टारहरुसंग पंगा लिएको देखाइएको छ । भिडियोसहित–