बस दुर्घटनामा १० घाइते


प्रकाशित

भोजपुर । आइतबार बिहान भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको यात्रु वहाक बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ । 

दुर्घटनामा १० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । 
 


प्रतिक्रिया :

नयाँ