arrow

महिलाले तानिन् हात, रिसाएर हिडे सलमान

logo
प्रकाशित २०७६ साउन २६ आइतबार
sallu2.jpg

काठमाडौं ।  सलमान खान बलिउडमा दबंग खानको नामले परिचित छन् । सलमानका फ्यानहरु उनिसँग एक तस्विर क्लिक गर्नको लागि सधै आतुर रहन्छन्  ।

 हालै सलमान खान र माधुरी दीक्षितको फिल्म ‘हम आपके हे कौन’ को २५ बर्ष पुरा भएको छ । यसै अवसरमा सलमान खान मुम्बईको लिबर्टी सिनेमामा पुगेका थिए । सलमान त्यहाँ पुगेसँगै एक महिला फ्यानले उनिसँग तस्‍विर खिचाउन उनको हात तानिन् । यस्तोमा सलमान केहि रिसाएका पनि थिए ।

सोशल मीडियामा सलमान खानको सो भिडियो भाइरल भैरहेको छ । यस क्रममा फिल्म ‘हम आपके हे कौन’ का सम्पूर्ण स्टार उपस्थित थिए ।

रेणुका सहाणे, आशुतोष राणा, माधुरी दीक्षित लगायत मोहनिश बहल पनि आफ्नो पूरै परिवारसँग त्यहां पुगेका थिए ।

 फिल्मको निर्देशक सूरज बडजात्या मीडियासँग कुराराकानी गरे । यस क्रममा सलमान खान र माधुरी दीक्षित ले ‘पहला-पहला प्यार हे’ गीततमा नाचेर सबैको मन जितेका थिए।

यसअघि सलमानमाथि एक पत्रकारले उनी र उनका सुरक्षा गार्डले खुलेयाम सडकमा हातपात गरेको, धम्क्याएको र गाली गरेको आरोप लागाउँदै मुद्दा दायर गरेका थिए ।

पत्रकारको अशोक पाण्डेले  मुम्बईको अन्धेरी मेट्रोपोलिटन मजिस्ट्रेट अदालतमा याचिका दायर गरेका थिए । सलमान खानविरुद्ध भारतीय दण्ड संहिताको धारा ३२३, ३९२, ४२६ र ५०६ अनुसार मुद्दा दायर गरिएको थियो । यो मामिलामा १२ जुलाईमा सुनुवाई हुनेछ ।

एक सञ्चारमाध्यमसँगको कुराकानीमा पत्रकारका वकिलले घटना भएपछि अशोकले डीएम नगर पुलिस स्टेशनमा लिखित निवेदन दिएका थिए । तर, प्रहरीले सलमानमाथि कुनै कारबाही गरेका थिएनन् । त्यसपछि उनले अन्धेरीको तल्लो अदालतमा आपराधिक मुद्दा दायर गरेका हुन् ।

गत अप्रिल २५ मा सलमान खान राति आफ्ना बडीगार्ड र केही मानिससँग साइकल यात्रामा निस्किएका थिए । त्यतिबेला अशोक आफ्ना क्यामेराम्यानसँग जुहूबाट  कांदिवली जाँदै थिए । उनले सलमानलाई देखेपछि उनको भिडियो बनाउन लागेका थिए । तर, सलमानले पत्रकारलाई देख्नासाथ उनले क्यामेरा खोस्दै धम्की दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ