इदमा सार्वजनिक विदा

प्रदीप आचार्य, प्रकाशित मिति : २०७६ श्रावण २६ आइतबार

बुटवल । मुस्लिम समुदायको प्रमुख चाड बकर इदका दिन प्रदेश ५ सरकारले सार्वजनिक विदा दिने भएको छ ।  बकर इद बिदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ । बकर इद सोमबार परेको छ ।
 
संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा बकर इदसहित माघी र माघे संक्रान्तिमा (दुई दिन) तथा प्रदेश स्थापना दिवसमा फागुन ३ गते पनि सार्वजनिक विदा दिने निर्णय छ ।

यसवाहेक स्थानीय तहको निर्णयबाट एक दिन र भुमे पूजा, बड्का अटवारी पर्व, रमजान लगायतमा निश्चित समुदायलाई मात्रै बिदाको व्यवस्था गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ