arrow

के पाइस् नेपाली ? ‘केरा’ (भिडियोसहित)

logo
प्रकाशित २०७६ साउन २७ सोमबार
nepal-kera-songs-2019.jpg

काठमाडौं । नेपाली राजनीतिको तीतो यथार्थ समेटेर नेपाली रक म्युजिक आएको छ – के पाइस् नेपाली  केरा । 

गीतमा सशस्त्र द्धन्द्धमा मारिएका १७ हजार नेपालीपछिको राजनीति, मन्त्रीहरुको शिक्षा, लोकतन्त्रले निम्त्याएको बेथिति लगायतका कुराहरु समेटिएको छ । 

कामका लागि विदेसिनुपर्ने वाध्यता, सरकारको सपना देखाउने बानी लगायतका विषयलाई पनि गीतमा उठान गरिएको छ । 

भिडियोमा रेस्लिङलाई देखाएर नेपाली राजनीतिको वर्णन गरिएको छ । अन्त्यमा नेपालीले केरा पाए भन्ने देखाउन रेस्लिङ जितेको रेस्लरले उपहार पनि केरा नै पाएर झस्केको देखाइएको छ । 

केही अश्लील शब्दहरुको चयन गरिए पनि गीत भने सत्यको नजिक छ । 

रोहित शाक्यले भिडियोको निर्देशन गरेका हुन् । 

५ मिनेट १३ सेकेन्डको भिडियोका शाक्य नै लगानीकर्ता हुन् ।  उक्त गीत स्याडोज नेपालले तयार गरेको हो । भिडियोसहित–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ