arrow

नेपाली जनसम्पर्क समिति साईप्रसको सभापतिमा अर्याल निर्विरोध निर्वाचित

logo
प्रकाशित २०७६ साउन २७ सोमबार
cyprus-nepal.jpg

काठमाडौं । नेपाली जनसम्पर्क समिति साईप्रसको सभापतिमा सीता अर्याल निर्विरोध निर्वाचित भएकी छिन् । आईतबार साईप्रस स्थित लिमासोल नेपाली भेटघाट रेस्टुरेन्टमा आयोजित समितिको पहिलो अधिवेशनबाट अर्यालको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । 

कार्यक्रम नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । जसमा विभिन्न देशका जनसम्पर्क समितिका सभापतिहरु र एनआरएनका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति एवं केन्द्रीय प्रतिनिधि बिरेन्द्र सिंह कार्की, साईप्रस स्थित नेपाली कन्सुलर डा. राम जीवन पञ्जियार, एनआरएनएका केन्द्रीय उपाध्यक्ष कूलप्रसाद आचार्य, नेपाली जनसम्पर्क समिति कतारका पूर्व सभापति तथा एनआरएनएका आईसीसी सदस्य विमल सुवेदी लगायतले विशेष अतिथिको रुपमा उपस्थिति जनाएका थिए ।

अतिथिको रुपमा यातायात व्यवस्था विभागका निर्देशक तीर्थराज खनाल र नेपाली काँग्रेसका काभ्रे जिल्लाका कार्यालय सचिव विनोद तिमल्सिना, एनआरएनएका आईसीसी सदस्य रञ्जीत महतो र एनआरएनए साईप्रसका अध्यक्ष सुवास मल्ल लगाएतको उपस्थिति रहेको थियो । 

अधिवेशनबाट सभापति अर्यालका अलावा उपसभापतिहरुमा पुष्पा मिश्र, कर्चुङ लामा ह्योल्मो, महामन्त्रीहरुमा कुमार सिंह मन्याल र सरस्वति तिमल्सिना, सहमहामन्त्रीहरुमा इन्दिरा उप्रेती, पेम्बा ओमु लामा, लक्ष्मी पौडेल, लक्ष्मी काफ्ले निर्वाचित भएका छन् । साईप्रसको कूल ४ क्षेत्रहरुको प्रतिनिधित्व यी ४ महामन्त्रीहरुले गर्नेछन् । अर्काे तर्फ अधिवेशनबाट कोषाध्यक्षमा लक्ष्मिता गुरुङ निर्वाचित भएकी छिन् । त्यस्तै, सदस्यहरुमा सरस्वति भुसाल, कुशुम गुरुङ, चमेली धिताल, रुपक खतिवडा, कृष्ण आचार्य, राम सुन्दर यादव, श्रृटिना महर्जन विजयी भएका छन् । 

धादिङ जिल्लामा महिला संघको तत्कालीन ढोला गाविसमा नयाँ कार्यसमिति गठन गरेर औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेकी अर्याल महिला संघको धादिङ जिल्ला समिति सचिव, नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै अहिले नेपाली जनसम्पर्क समिति साईप्रसको अध्यक्ष निर्वाचित भएकी हुन् । कम्युनिष्टहरुको दबदबा रहेको अहिलेको धादिङ क्षेत्र नं १ मा नेपाली काँग्रेसको राजनीति सक्रिय भएकी अर्याल नेपाली जनसम्पर्क समिति साईप्रसकी संस्थापक सभापति पनि हुन् । नेपाली काँग्रेसको विधान अनुसार जनसम्पर्क समितिको सभापति बनेपछि अर्याल अब स्वतः नेपाली काँग्रेसको महासमिति सदस्य पनि बनेकी छिन् । 
Image may contain: 12 people, people standing and indoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ