arrow

चट्याङबाट एकै परिवारका तीन मारिए

logo
प्रकाशित २०७६ साउन २७ सोमबार
lightning.jpg

भियतनाम । भियतनामको उत्तरी भागमा पर्ने येन बाइ प्रान्तका सोमबार परेको चट्याङको कारण एकै परिवारको तीन सदस्य मारिएका छन् ।  मारिएका ती व्यक्तिहरुका ५७ बर्षीया एक महिला, उनकी २५ वर्षीया बुहारी र चार महिनाको नाति रहेका छन् ।

 ती दुई महिलाहरू ट्राम ताऊ जिल्लाको माथिल्लो मैदानमा काम गरिरहेका थिए । यस वर्षको सात महिना भित्र भियतनाममा प्राकृतिक प्रकोपको कारण ३४ जना व्यक्ति मारिएका अथवा बेपत्ता भएका छन् ।

यसैगरी सो प्रकोपहरुका कारण १ सय ५६ ओटा घरहरु ध्वस्त भएका छन् । तीन हजार भन्दा बढी घर क्षतिगस्त भएका छन् ।  तीन हजार ७०० हेक्टर जमिनको धान र अरु वाली नष्ट भएको छ ।

 प्रत्यक्ष रुपमा २ सय ३९ अर्व भियतनामी डोङ बराबरको रकम नोक्सान भएको देश तथ्याङ विभागले जानकारी दिएको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ