arrow

अम्बानीको जियो संसारकै दोस्रो ठूलो टेलिकम कम्पनी, मासिक थपिन्छन् एक करोड ग्राहक

logo
प्रकाशित २०७६ साउन २७ सोमबार
jio-ambani.jpg

काठमाडौं। भारतको रिलायन्स कम्पनीको जियो मोबाईल विश्वकै दोस्रो ठूलो टेलिकम नेटवर्क बनेको छ। यस अघि तेस्रो स्थानमा रहेको सो कम्पनी अहिले दोस्रो स्थानमा रहेको घोषणा कम्पनीका प्रमुख मुकेश अम्बानी गरेका छन्। अम्बानीले हरेक महिना एक करोड नयाँ उपभोक्ता थपिने गरेको तथ्यांक समेत सुनाएका छन्। उनले अब कनेक्टिविटीको ४ नयाँ इन्जिन समेत सुरु गरिरहेको जानकारी समेत दिए।

यस अघि भारतकै भारती एयरटेल कम्पनी विश्वको दोस्रो ठूलो कम्पनीको रुपमा थियो। अहिले पनि चीनको चाईना मोबाईल कर्पोरेसन पहिलो स्थानमा रहेको छ। अहिले चीनको सो कम्पनीको ९३ करोड ३५ लाख ग्राहकहरु रहेका छन् भने भारतकै दोस्रो स्थानमा रहेको भारतीय एयरटेलको गत जुन महिनासम्मको तथ्यांक अनुसार ३८ करोड ३३ लाख जना प्रयोगकर्ता रहेका छन्। 

यो महिनाको जुलाईसम्म जियोको ३३ करोड १३ लाख प्रयोगकर्ता थिए। तर, हरेक महिना एक करोडको दरमा ग्राहक थपेर अहिले दोस्रो स्थानमा उक्लिएको अम्बानीले दाबी गरेका छन्। यो कम्पनीमा रिलायन्स ईनिडस्ट्रीजको शतप्रतिशत लगानी रहेको छ। भारती एयरटेलको भारती ईन्टरप्राईजेज र सिंङटेल नामको कम्पनीको लगानी रहेको छ भने पहिलो स्थानमा रहेको चिनियाँ टेलिकममा ७४ प्रतिशत हिस्सा सरकारको र २६ प्रतिशत निजी कम्पनीको रहेको छ।

यस बाहेक उत्कृष्ठ १० टेलिकम कम्पनीहरुको सूचीमा चौथो नम्बरमा चाईना युनिकम लिमिटेड, पाँचौं नम्बरमा चाईना टेलिकम कर्पोरेसन, भडाफोन आईडिया लिमिटेड, सातौं नम्बरमा अमेरिका मोभिल, आठौं नम्बरमा एमटीएन ग्रुप लिमिटेड, नौ नं मा भिइओएन लिमिटेड र १० औं नम्बरमा ओरेन्ज एस ए कम्पनी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ