arrow

समुन्द्रमा पौडी खेल्ने क्रममा नेपालीको मृत्यु

logo
प्रकाशित २०७६ साउन २७ सोमबार
water-kill.jpg

कतार । बैदेशिक रोजगारीका क्रममा बिगत १३ वर्षदेखि यहाँ कार्यरत रहेका सागुरीगढी गाउँपालिका–३ धनकुटाका ललितबहादुर लिम्बुको आइतबार दिउँसो पौडी खेल्ने क्रममा समुन्द्रको छालमा परी निधन भएको छ ।

लिम्बु कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकारलगायत विभिन्न सामाजिक संस्थामा रहेका थिए । उनको निधनले नेपाली समुदायमा क्षति पुगेको भन्दै धनकुटा समाजका महासचिव रवीनमगरद्वारा जारी शोक वक्तव्यमा चाँडै नै शव नेपाल पठाउन दूतावाससँग समन्वय भइरहेको जानकारी दिँदै दुख व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ