arrow

शाहरुख खानको विमान देखेर अचम्ममा परिन् यी नायिका

logo
प्रकाशित २०७६ साउन २७ सोमबार
saharuk-plane-gauri.jpg

काठमाडौं । भारतीय फिल्मी क्षेत्रका केही स्टारहरु आफ्नो आलीशान घर तथा विमानको कारण चर्चामा रहने गरेका छन् । यस्तोमा केही स्टार यस्ता छन्, जसको विभिन्न समाचार बेलाबेलामा आइरहने गरेका छन् ।

यसरी चर्चा आउने एक स्टार शाहरुख खान पनि हुन् । उनले पनि पछिल्लो समय आफ्नो सवारीको कारण चर्चामा छन् । बलिउड अभिनेत्री स्वरा भास्करले उनको बारेमा नयाँ खुलासा गरेकी हुन् ।

हालैमात्र स्वरा भास्करले एक अन्तर्वार्तामा शाहरुख खानको विमान निकै राम्रो रहेको बताएकी हुन् । उनले शाहरुख खानको विमानको बाथरुम पनि १बीएचके बराबर रहेको बताएकी छिन् । उनले शाहरुखलाई समाचार हेर्नु राम्रो शोख रहेको बताएकी हुन् ।

स्वरा भास्कर पनि सामाजिक सञ्जालमा निकै सक्रिय रहने गरेकी छिन् । आफ्नो पोस्टको कारण उनले धेरैपटक ट्रोलर्सको पनि सामना गरिसकेकी छिन् । उनको शीर कोरमा नामको फिल्म आउँदै छ ।

शाहरुखकी श्रीमती भए पनि यस्तो जीन्दगी जिउँछिन् गौरी

शाहरुख खानकी श्रीमती गौरी खान बेलाबेलामा चर्चामा आउने गरेकी छिन् । पछिल्लो समय उनले आफ्नो शाहरुख खानको सम्बन्धको विषयमा केही खुलासा गरेकी छिन् । जसको उल्लेख्य चर्चा भइरहेको छ ।
 
एक किताब सार्वजनिक हुने कार्यक्रममा पुगेकी उनले सञ्चारमाध्यमसँग कुरा गर्दै उनले शाहरुख खान एक राम्रो पिता र पति रहेको बताइन् । उनले शाहरुखको श्रीमती हुनु आफ्नो लागि सकारात्मक कुरा भएको बताइन् । तर, आफूले सधैं साधारण कामकाजी महिलाको जस्तै साधारण जिन्दगी बिताउँदै आएको बताइन् ।

उनले आफूले सधैं शाहरुख खानको कारण भएको सकारात्मक कुरामा मात्र ध्यान दिने गरेको बताइन् । हालसालै शाहरुख खानले सामाजिक सञ्जालबाट आफ्नी छोरी सुहानाको ग्रेजुएटको जानकारी दिएका थिए ।

उनले ट्वीटरमार्फत् स्कुलको पढाइ सकिए पनि जिन्दगीको पढाइ कहिल्यै पनि सकिनु नहुने र केही न केही सिक्दै अघि बढ्नु जरुरी रहेको बताएका छन् ।

दुवैले आफ्नो प्रेमका लागि परिवारसँग संघर्ष गरेका थिए । अन्ततः उनीहरुको परिवारले पनि उनीहरुको प्रेमलाई स्वीकार गरेका थिए ।
 
सन् १९९१ मा यी दुईको बीचमा विवाह भएको थियो।शाहरुखले गौरीका परिवारलाई मनाउनका लागि ५ वर्षसम्म हिन्दू भएको नाटक गरेका थिए । उनले आफ्नो नाम पनि परिवर्तन गरेका थिए । यतिमात्र होइन, उनले विवाहपछि पनि गौरीसँग एक झुट बोलेका थिए।

गौरी र शाहरुखको बीचमा हनिमून पेरिस जाने सहमति भएको थियो तर शाहरुखसँग त्यसका लागि पर्याप्त पैसा थिएन । यस्तोमा उनले हनिमूनका लागि दार्जिलिङ लगेका थिए । शाहरुख सन् १९९१ मा गौरीका परिवारलाई मनाउन सफल भए । शाहरुखका अनुसार गौरी उनलाई यसकारण प्रेम गर्छिन् कि उनी निकै इमान्दार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ