arrow

मेस्सी भन्दा धनी रोनाल्डो, नेयमार तेस्रो

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
Ronaldo-Messi-Neymar.jpg.jpeg
एजेन्सी। फुटबल विशवको सबै भन्दा बढी चर्चित खेल हो। विश्वका करोडौं मानिसहरुले फुटबल हेर्ने गरेका छन्। यस खेलसँग सम्बन्धित धेरै रेकर्डहरुका बारेमा चर्चा परिचर्चा भैरहने गर्छन्। जति चर्चित छ उती नै ब्यवसायिक पनि छ फुटबल र फुटबलबाट आफ्ना रोजीरोटी चलाउने पनि धेरै छन्। 
 
ब्यवसाय हुने बित्तिकै त्यहाँ पैसाको कुरा आईहालछ जुन धेरै मान्छेकालागि आकर्षणको कुरो हुन जान्छ। धनी क्लब, धनी, फुटबल संघ आदिको चर्चा बेला बेलामा चलिरहने गर्दछ। 
 
फुटबललाई चर्चित बनाउने क्रममा दक्षिण अमेरिकाको फुटबल कला-कौशलको चर्चा हुन्छ भने युरोपका फुटबल क्लबहरुको चर्चा नगरी ब्यवसायको कुरा पुरा हुनसक्दैन्। विश्वका धनी क्लबहरुले खेलाडी किनबेचका खबरहरु पनि अन्तराष्ट्रिय छामाहरुमा प्रमुखताका साथ प्रकाशित भैरहेका हुन्छन्। कमाईमा कर छलेका कुराहरुले पनि छापामा राम्रै स्थान पाईरहेका हुन्छन्। 
 
यही क्रममा फुटबल खेलेर सबै भन्दा बढी कमाउने खेलाडीका बारेमा पनि चर्चा हुने गरेको छ। फुटबल जगतको सुचनाकालागि चर्चित वेब साईट गोल डट कमले बढी कमाउने खेलाडीहरुको सुची यहि महिना प्रकाशित गरेको छ। त्यस्मा पहिलो तीन खेलाडीका कुरा हामीले यहाँ राखेका छौं। 
तीन खेलाडीहरुमा पहिलो नम्बरमा रहेका छन् पोर्चुगिज एवं रियाल माड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने दोस्रो नम्बरमा रहेका छन् अर्जेन्टिनार बार्सिलोना स्टार लियोनल मेस्सी त्यसैगरि ब्राजिलियन एवं बार्सिलोनाका खेलाडी नेयमार तेस्रो नम्बरमा रहेका छन्। 
 
३. नेयमार 
ब्राजिलका प्रमुख खेलाडी एवं स्पेनिस क्लब बार्सिलोनाका खेलाडी नेयमारले २३ बर्षकै उमेरमा विश्वका सबैभन्दा बढी कमाउने खेलाडीहरुमा स्थान ओगटेका छन्। उनको कुल सम्पति १४८ मिलियन डलर बराबर रहेको छ। उनको बार्षिक तलब ९.९ मिलियन डलर रहेको छ। उनको अरु आम्दानीको श्रोतमा बिभिन्न सामाग्रीहरुको प्रवर्धनबाट हुने आए पनि रहेको छ। उनले नाईक, पानासोनिक, वल्क्सवागन, रेडबुल लगायत थुप्रै उत्पादनहरुको प्रवर्धन गर्ने गरेका छन्। 
 
२.लियोनल मेस्सी
अर्जेन्टिनाका स्टार केलाडी र स्पेनीस क्लब बार्सिलोनाका  प्रमुख खेलाडी लियोनल मेस्सीको कुल सम्पति २१८ मिलिय डलर रहेको छ। उनले बार्सिलोनाबाट बार्षिक ५० मिलियन डलर पारिश्रमिकका रुपमा पाउँछन्।  उनले बिभिन्न उत्पादनहरुको बिज्ञापनबाट पनि आम्दानी गर्ने गरेका छन्। उनले बिज्ञापन गरेका केही चर्चित नामहरु यसप्रकार छन् - अडिडास, सामसुङ, जिलेट आदि। 
 
१.क्रिष्टियानो रोनाल्डो
पोरचुगलका फुटबल स्टार एवं स्पेनीस क्लब रियाल माड्रिडका स्टार खेलाडी रोनाल्डोको कुल आय २३० मिलियन डलर रहेको छ। रियालले रोनाल्डोलाई बार्षिक २०.६ मिलियन डलर तलबका रुपमा दिने गरेको छ जुन उनले पाउने बोनस बाहेकको रकम हो। उनको आफ्नै लुगा 'सीआर७" (CR7) बाट पनि उनको राम्रो आम्दानी रहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ