arrow

विश्व शान्तिको कामना गर्दै पोर्चुगलमा जलधारा महायज्ञ 

logo
भरत प्रधान, 
प्रकाशित २०७६ साउन २८ मंगलबार
portugal1.jpg

लिस्बन । विश्व शान्तिको कामना गर्दै युरोपेली मुलुक पोर्चुगलमा बेदान्तिक जलधारा महायज्ञ सम्पन्न भएको छ । द ट्रथ लभ अफ लिभिङ फाउण्डेशनको आयोजना तथा सत्य सनातन धर्मका प्रबृद्ध नेपाली योगीको पहलमा सोमबार राजधानी लिस्बनको अल्जेसस्थित समुन्द्री किनारमा बेदान्तिक जलाधारा महायज्ञ सम्पन्न भएको हो ।

महायज्ञमा विधि विधानसहित मन्त्रोचारण गर्दै ऋगवेदको पाठ, देवीदेउताको पुजा, पृथ्बी, जल, वायु, आकाश लगायत बिश्व शान्तिको कामना गरिएको योगी श्रीओम सूर्य शिवले जानकारी दिए ।

बिश्वमा सत्य सनातन धर्मको प्रचार–प्रसार गर्ने तथा आध्यात्मिक र शुद्ध ज्ञान प्रवाह गर्ने उद्धेश्यले जलधारा महायज्ञको आयोजना गरिएको योगी श्रीओम सूर्य शिवले बताए ।

महायज्ञमा बेद्धान्तिक ज्ञान, शुद्धज्ञान र आत्मज्ञान लगायतका बिषयमा आध्यात्मिक तथा धार्मिक प्रबचन समेत दिइएको थियो । 

यस्तै जनैपूर्णिमाको अवसरमा पारेर बिहीबारका दिन लिस्बनको आन्जुसमा शिव पुजा, पञ्चायन पुजा, जनै प्राण प्रतिष्ठा गरिने र भक्तजनहरुलाई जनै लगाईदिने तथा प्रसाद बितरणको कार्यक्रम रहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ