arrow

विषालु सर्पले टोकेर सुकमायाको ज्यान लियो

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ साउन २८ मंगलबार
snake-bite2.jpg

बुटवल । रुपन्देहीको सैनामैनामा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । 

वडा न.१० पानबारी निवासी वर्ष ५० की सुकमाया रेश्मी मगरको मृत्यु भएको वडा सदस्य चन्द्रबहादुर थापाले जानकारी दिए । 

सोमबार विहान दाँत माँझ्दै घरको छेउँमा हिँडेकी सुकमायालाई एक्कासी खुट्टाको औँलामा विषालु सर्पले डसेको हो ।

गम्भीर घाइते अवस्थामा रहेकी उनलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका लागि पठाउँदा अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । 

अधिक गर्मी बढेसंगै सैनामैना लगायत अन्य ठाउँमा विषालु सर्पको बिगविबगी हुन थालेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ