arrow

चार दिनदेखि बच्चा जन्माउन नसकेकी सुत्केरीको हेलिकप्टरबाट उद्धार

logo
प्रकाशित २०७६ साउन २८ मंगलबार
fistel-air-helecopter.jpg.jpeg

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिकाकी एक सुत्केरीलाई  हेलिकप्टरबाट उद्धार गरी अस्पताल पुर्‍याइएको छ । चङ्खेली गाउँपालिका–३ की २२ वर्षीया कत्ती बुढाले सुत्केरी व्यथा लागेर चार दिनदेखि बच्चा जन्माउन नसकेपछि उपचारका लागि हुम्ला जिल्ला अस्पतालमा हेलिकप्टरबाट लगिएको हो ।

महिला मन्त्रालयसँग समन्वय गरेर उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिइन् ।

बुढालाई जिल्ला अस्पताल पुर्‍याएसँगै त्यहाँका चिकित्सक  सरो प्रजापति, जेष्ठ अनमी सरिता बोहरालगायतको टोलीले शिशु जन्माउन सहयोग पुर्‍याएको जेष्ठ अनमी बोहराले जानकारी दिइन्।

अहिले आमा र शिुशु दुवैको अवस्था राम्रो भएको उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ